
काँग्रेस हतारिएर सरकारमा जाँदैन : प्रकाशमान सिंह

नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काँग्रेस अहिले हतारिएर सरकारमा नजाने बताएका छन् । मध्यपुरथिमि नगरपालिका–३ कौशलटारबाट काँग्रेसका युवा नेता एवं खेलाडी अष्ट कँवेले रु तीन करोडको लागतमा आजदेखि सञ्चालनमा ल्याएको फिटनेस सेन्टर, स्नोकर हाउस एवं वर्गर हाउसको उद्घाटन गर्दै उहाँले प्रतिपक्षमै बस्ने जनादेश भएकाले काँग्रेस पाँच वर्ष प्रतिपक्षमै बस्नुपर्ने बताए ।
नेकपाको संसदीय दल अहिले पनि सक्रिय रहेको र पार्टी वैधानिक रुपमा नफुटेका अवस्थामा काँग्रेस सरकारमा गए फसिने बताउँदै नेता सिंहले भने, “काँग्रेसले अहिले यो गर्छु, त्यो गर्छु भनेर आफैँ फस्ने गरी सरकारमा जान हतारमा निर्णय गर्नु हुँदैन, कम्युनिष्टले हामी सरकार चलाउन सक्दैनौ भनेर आए मात्रै सोच्ने कुरा हो ।”
कार्यक्रममा खेलाडी एवं नेता कँवेले राजनीति गर्ने व्यक्तिले व्यवसाय आफैँ शुरु गर्नुपर्छ भन्ने मान्यताका साथ निरोग, स्वस्थ्य जीवन र खेलकुदमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आफूले हाउस सञ्चालनमा ल्याएको बताए ।
हाउसले देशविदेशमा प्रतिस्पर्धा गर्दै पदक जित्न सक्ने गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ‘फिटनेस, बडिबिल्डिङ, एरोबिक्स, जुम्बा, स्टिम, सावना, स्नोकर र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ सञ्चालनमा ल्याइएको जनाएको छ । त्यसबाट हुने आम्दानीको २० प्रतिशत सामाजिक सेवा र खेलकुदको विकासमा खर्च गर्ने गरिने बताइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ