तौल कम गर्न हरेक दिन चुकन्दर र स्याउको जुस
एजेन्सी – शरीरलाई सन्तुलनमा राख्नका लागि मोटोपन कम गराउनुपर्छ । शरीरलाई मोटोपनबाट बचाउँन विभिन्न प्रकारका उपायहरु गर्ने गर्छन् । तर, धेरैले अत्यधिक बढेको तौल घटाउन सक्दैनन् ।
डाइटिङ गर्न असमर्थ भएमा केही जुसहरु पनि पिउन सकिन्छ जसले तौल घटाउन मद्दत गर्छ । हरेक दिन जुस पिउँदा शरीरको तौल घट्छ । फलफूलमा भिटामिन र प्रोटिन हुन्छ । जुन शरीरको आवश्यकता परिपूर्तिका लागि फाइदाजनक हुन्छ । त्यसको लागि चुकन्दर र स्याउको जुस पिउन सकिन्छ ।
चुकन्दर र स्याउमा भारी मात्रामा भिटामिन र खनिज पाइन्छ । जसले शरीरको आवश्यकता पूरा गर्छ । स्याउमा फाइबर, भिटामिन सी, नाइट्रेस र फोलेट पाइन्छ । जसले पाचन प्रक्रियालाई मजबुत बनाउँछ । र तौल कम गर्न पनि मद्दत गर्छ ।
चुकन्दर र स्याउको जुस बनाउनका लागि ३ चुकन्दर, २ स्याउ लिएर तास्ने र यसमा आधा कागतीको रसमा एक चम्चा मह, तीन पात पुदिनाको पात र थोरै गुड लिएर तयार गर्ने र यसलाई बिहानको खाना खानका लागि फाइदाजनक मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा