शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भिरबाट लडेर एकजनाको मृत्यु

शुक्रबार, १४ फागुन २०७७, १० : ०४
शुक्रबार, १४ फागुन २०७७

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२, पदमपोखरीस्थित गुम्बाडाँडामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा–१२ स्थित गोठेदमारका अन्दाजी ४० वर्षीय केशव विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गुप्तेश्वरी सामुदायिक वन क्षेत्रमा बिहीबार राति करिब ९ बजेको समयमा विकको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो ।

शव फेलापरे लगत्तै स्थानीयहरुले प्रहरीलाई खबर गरेको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलानले बताए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले विकको शव फेला परेको भन्ने खबर पाएलगत्तै सो क्षेत्रमा प्रहरी टोली पुगेको र प्रारम्भिक अनुसन्धानका आधारमा भिरबाट लडेर विकको मृत्यु भएको हुनसक्ने निष्कर्ष निकालिएको छ ।

प्रवक्ता रानाका अनुसार, मृतक विकको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप