मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा ढुक्क भएर लगानी गर्न मुख्यमन्त्री पोखरेलको आग्रह

शुक्रबार, १४ फागुन २०७७, १२ : ०७
शुक्रबार, १४ फागुन २०७७

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मानवीय कार्य समाजसेवाको महत्त्वपूर्ण अङ्ग भएको बताएका छन् । उनले सामुहिक प्रयासबाट नै सामाजिक कार्य सफल हुने भन्दै उनले बुटवलको प्राइम लोकेसनको सदुपयोग हुन नसकेको गुनासो गरे । ‘लगानीको प्रतिफल उठाउन बुटवलमा धेरै समय लाग्दैन । यो प्राइम लोकेसन हो । यहाँको लगानीले शान पनि मान पनि पाइन्छ, खुलेर लगानी गर्नुस् ।’

बुटवल जेसिसको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले बुटवलको भविष्य र सम्भावना बलियो भएको दाबी गरे । उनले निजी क्षेत्रका व्यक्तिहरुलाई मन खोलेर लगानी गर्न समेत आग्रह गरे । ‘बुटवलमा व्यवसाय गरौँ । तर बसाइ बुटवलबाहिर छेउछाउमा बसाऔँ,’ उनले भने । रुपन्देही बिकासको काममा अग्रसरता र समर्पण देखाउन उनले नीजि क्षेत्रलाई आग्रह गरे ।

लुम्बिनी प्रदेश सरकारले यो क्षेत्रलाई पर्यटकीय राजधानी बनाउन चाहेको भन्दै आन्तरिक पर्यटकका लागि यथेष्ट होटल भएपनि सभ्रान्तवर्गका लागि भने अझै होटल तथा अन्य पूर्वाधार नभएको दाबी गर्दै लगानी गर्ने निजी क्षेत्रहरु उत्साहित हुनपर्ने बताए । उनले सरकारले त्यसमा सहयोग गर्ने बताए ।

सो अवसरमा बोल्दै बुटवल जेसिजका पूर्व अध्यक्ष तथा भवन निर्माण समितिका संयोजक जगतबहादुर पोखरेलले जेसिसले विधिको शासनको लागि काम गर्दै युवा नेतृत्वको विकास गर्ने काम गरेको बताए । उनले बुटवल जेसिस भवन र अन्य संरचना निमार्णसगै यहाँको जेसिसबाट निस्केका पूर्वअध्यक्षहरुले राष्ट्रिय पहिचान पनि बनाएको दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप