बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेता पलले माफी नमागे प्रदेश १ मा फिल्म चल्न नदिने चेतावनी

शुक्रबार, १४ फागुन २०७७, १२ : १५
शुक्रबार, १४ फागुन २०७७

काठमाडौंँ । आफूमाथि दुरव्यवहार गर्ने अभिनेता पल शाहले निखित माफी माग्नुपर्ने नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले बताएका छन् । 

उनले एक विज्ञप्ति जारी गर्दै घटनाको जानकारी सहित उक्त माग राखेका हुन् ।

पलले मान्छेहरु बोलाएर आफूमाथि हात हालेको बताएका अध्यक्ष प्रधानले अभिनेता पलले माफी नमागे प्रदेश नम्बर १ भरि उनको फिल्म चल्न नदिने चेतावनी समेत दिएका छन् ।

एक म्युजिक भिडियोको सुटिङका लागि अहिले धरान पुगेका पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको प्रधानले आरोप लगाएका छन् । 

प्रधानले शाहको दुरव्यवहारविरुद्ध इलाका प्रहरी कार्यालय धरानकामा उजूरी समेत दर्ता गराएका छन् । उजूरीको  बिषयमा छलफलका लागि प्रहरीले पललाई आज शुक्रबार बोलाएको छ ।

पल म्युजिक भिडियो सुटिङका लागि केही दिन अगाडि धरान पुगेका थिए । भिडियोको सुटिङ भने बिहिबार सकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप