शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिला खेलाडीलाई यौनशोषण गरेको पर्दाफासपछि जिम्न्यास्टिक प्रशिक्षकले गरे आत्महत्या

शुक्रबार, १४ फागुन २०७७, १२ : १५
शुक्रबार, १४ फागुन २०७७

अमेरिकाका जिम्न्यास्टिक प्रशिक्षक जोन गेडडेर्ट मृत भेटिएका छन् । उनी सन् २०१२ को ओलम्पिक खेलमा महिला जिम्न्यास्टिकतर्फ अमेरिकाका मुख्य प्रशिक्षक थिए । महिलामाथिको दुर्व्यवहार र बेचबिखनको अभियोगमा मुद्दा दर्ता भएको केही घण्टापछि बिहीबार गेडडेर्टले आत्महत्या गरेका हुन् । उनीविरुद्ध दुर्व्यवहारका २४ वटा मुद्दा मिचिगन राज्यमा दर्ता भएको थियो ।

यसरी खुल्न थाल्यो अपराधको पोल

सन् २०१२ मा टोलीका अमेरिकी जिम्न्यास्टिक टोलीका मुख्य प्रशिक्षक गेडडर्ट र टिम डाक्टर लारी नसिर थिए । नसिरमाथि २ सय ५० खेलाडीहरुलाई दुर्व्यवहार गरेको अभियोग लाग्यो । ६३ वर्षका गेडडेर्टले मिचिगन राज्यमा सञ्चालन गरिरहेको तालिम केन्द्रमा नसिरले जिम डाक्टरका रुपमा काम गरेका थिए । नसिरविरुद्ध बयान दिने क्रममा केही जिम्न्यास्टिक खेलाडीहरुले गेडडेर्टको नाम पनि लिएका थिए । यतिबेला सुनुवाइका क्रममा छानविनकर्ताहरु सामु झुठ बोलेको आरोप पनि गेडडर्टविरुद्ध लागेको थियो ।  छानबिनपछि  २०१८ मा नसिरलाई ३ सय वर्षसम्मको जेल सजाय तोकियो ।

त्यसको लामो समयपछि बिहीबार बिहान गेडडर्टविरुद्ध दुर्व्यवहारका २४ वटा फरक मुद्दा परेको सार्वजनिक घोषणा मिचिगन राज्यकी महान्यायाधिवक्ता दाना नसेलले गरेकी थिइन्, विभिन्न युवतीहरूमाथि गरिएको मौखिक, शारीरिक र यौन दुर्व्यवहारको आरोप यसमा समावेश थियो ।  जसमा १३ र १६ वर्षकी किशोरीमाथि गरिएको यौन शोषण पनि समावेश थियो । यस घटना सार्वजनिक भएको केही घण्टामै गेडडेर्टले आत्महत्या गरे ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप