शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘कबड्डी’को अन्तिम सिक्वेल ‘कबड्डी ४’ बन्ने

शुक्रबार, १४ फागुन २०७७, १४ : ०५
शुक्रबार, १४ फागुन २०७७

 

काठमाडौँ । सुपरहिट फिल्म ‘कबड्डी’को चौँथो सिक्वेल पनि निर्माण हुने भएको छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्मको तेस्रो सिक्वेलको रुपमा ‘कबड्डी कबड्डी कबड्डी’ गतवर्ष आएको थियो ।

शुक्रवार निर्देशक गुरुङले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेका हुन् । पोस्टरमा फिल्मको उप शीर्षक ‘द फाइनल म्याच’ समेत राखिएको छ ।

निर्देशक गुरुङले ‘कबड्डी’को कथालाई अब टुङ्ग्याउन यो सिक्वेल बनाउन लागेका हुन् । अहिलेसम्मका शृङ्खलामा जोडिएका सबै कलाकार ‘कबड्डी ४’मा अटाउने योजनामा निर्देशक गुरुङ रहेका छन् ।

‘कबड्डी’को फष्टपार्टमा दयाहाङ राई, निश्चल बस्नेत र रेश्मा गुरुङ मुख्य भूमिकामा थिए । दोस्रोमा निश्चलको ठाउँमा सौगात र तेस्रोमा भने विल्सन विक्रम राई, कर्मा र उपासना सिंह ठकुरी जोडिएका थिए ।

फिल्मको छायाँकन २०७८ वैशाखबाट सुरु गर्ने योजना निर्देशक गुरुङको रहेको छ । फिल्म भने दसैँमा प्रदर्शनमा आउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप