शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विविध कार्यक्रमसहित रुपा गाउँपालिकाले स्थापना दिवस मनाउने

शुक्रबार, १४ फागुन २०७७, १६ : ०७
शुक्रबार, १४ फागुन २०७७

पोखरा । रुपा गाउँपालिकाले पाँचौं स्थापना दिवस मनाउने भएको छ । स्थापना दिवसको अवसरमा  विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ । गाउँपालिकाले फागुन २३ गते स्थापना दिवसको अवसरमा भलिबल प्रतियोगिता, गाउँपालिकास्तरीय झाँकी प्रदर्शन, फूल तथा दुबोको माला प्रतियोगिता, स्रष्टा सम्मान लगायतका कार्यक्रम आयोजना हुने अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

‘रुपाको पहिचान सबै क्षेत्रमा समृद्धिको अभियान’ भन्ने मुल नारासहित मनाउन लागेको कार्यक्रममा पालिकाभित्रका स्रष्टाको सम्मान, पालिकाबाट राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान समेत गरिने उनले बताए ।

अध्यक्ष ओझाले रुपाले विकास र समृद्धिका लागि उल्लेख्य कार्य गरेको बताउँदै युवा तथा खेलकुदको विकासका लागि हरेक वडामा खेलकुद मैदान, गाउँपालिकास्तरीय कभर्डहल, प्यारापिटसहितको स्टेडियम निर्माण लगायतका कार्य गरेको बताए ।

उनले पालिकामा पर्यटन विकास, खानेपानी, शिक्षा, स्वास्थ्य भौतिक पूर्वाधार, सडक, सिँचाई, कृषि, पशुपालन र रोजगारी लगायतका क्षेत्रमा उल्लेख्य कार्यहरु गरेको दावी गरे । गाउँपालिकाका प्रवक्ता टेकबहादुर गुरुङले पालिकाको स्थापना दिवसमा आयोजित विभिन्न कार्यक्रममा उत्कृष्ट हुनेका नगद पुरस्कारसहित सम्मान गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप