शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक अवस्था कमजोर भएका महिलाको उपचारमा सानिमा बैंकको पहल

शुक्रबार, १४ फागुन २०७७, १८ : २८
शुक्रबार, १४ फागुन २०७७

काठमाडौं । सानिमा बैङ्क लिमिटेड र पाटन अस्पताल बीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ । 

उक्त सम्झौताअन्तर्गत सानिमा बैङ्कले निम्न आयस्तर भएका महिलाहरुलाई प्रति व्यक्ति २० हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनः नवीकरण गरिएको हो । 

सानिमा बैङ्क​ले प्रत्येक “नारी बचत खाता” बापत बैङ्कको तर्फबाट मासिक १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैङ्कले पाटन अस्पतालसँग यो सम्झौता पुनः नवीकरण गरेको हो ।  

सानिमा बैङ्कको केन्द्रीय कार्यालय नक्साल काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा सानिमा बंैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र पाटन अस्पतालका तर्फबाट निर्देशक प्रा.डा. रवि शाक्यले हस्ताक्षर गरे ।

बैङ्कले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई उपलब्ध गराउने सो सहयोग रकमले निम्न आयस्तर भएका महिलाहरुको उपचारमा राहत पुग्नका साथै बैङ्कको सो कदम प्रशंसनीय रहेको पाटन अस्पतालका निर्देशक शाक्यले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप