
बर्दियामा सेनसाई ब्रान्डको ६५ इन्च फोरके यूएचडी एन्ड्रोइड टेलिभिजन सार्वजनिक
काठमाडौं । विगत ४ दशकदेखि घरायसी सामाग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व र ठूलो बजार हिस्सा ओगट्न सफल चौधरी ग्रुपले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्रान्डको विक्री वितरण गर्दै आइरहेको छ ।
यहि आयामलाई निरन्तरता दिँदै सेनसाई ब्रान्ड सन् २०१६ मा उत्पादन गरि बिक्री वितरण गर्न थालेको हो । सुरुवातमा नर्मल टी.भी.बाट नेपाली बजारमा बिक्री वितरण थालेको सेनसाई ब्रान्डले आजको दिनमा आएर टी.भी.(नर्मल, स्मार्ट, यूएचडी) अडियो स्टिम, चेष्ट फ्रिजर, वासिङ मेसिन, भ्याकुम क्लिनर, रेफ्रिजेरेटरहरु आफ्नो प्रोडक्ट बास्केट बनाउन सफल भएको छ ।
“मूल्य रोजेजस्तो प्रोडक्ट खोजेजस्तो” ट्याग लाइन रहेको सोनसाई ब्रान्डले हालसालै आफ्नो नयाँ उत्पादन थप्ने क्रममा बर्दियामा आफ्नो क्षेत्रीय सम्मेलन आयोजना गरि ६५ इच्नको फोरके यूएचडी एन्ड्रोइड टी.भी. सार्वजनिक गरेको छ ।
फोरके युएचडीमा रहेको उक्त टी.भी. एन्ड्रोइड प्लेटफर्म अन्र्तगत रहेको छ । ब्राइट प्यानल, मिराकास्ट तथा वाइफाई जस्ता विशेषता युक्त टी.भी.मा २ वर्षको वारेन्टी रहेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ