शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डिजिटल रूपान्तरणको गति बढाउनको लागि ह्वावेद्वारा एपीएसी टेक इकोसिस्टमको सुधार

शुक्रबार, १४ फागुन २०७७, १९ : ०२
शुक्रबार, १४ फागुन २०७७

शंघाई । ह्वावेले एचएमएस इकोसिस्टमको लागि विकासकर्ता र साझेदारहरुलाई सशक्त बनाउन सिंगापुरको एशिया प्यासिफिकमा आफ्नो पहिलो डिजिक्स ल्याब खोलेको छ । 

यो एक त्यस्तो कार्यक्रम हो जुन अग्रज ग्लोबल टेक कम्पनीले विविध टेक इकोसिस्टमको विकास गर्न र यस क्षेत्रमा डिजिटल रूपान्तरणको गति बढाउनको लागि शुरु गरेको हो, ह्वावे एशिया प्यासिफिकका प्रवक्ताले बिहीबार एमडब्ल्यूसी शंघाई २०२१ को अवसरमा सञ्चार माध्यमलाई जानकारी दिए । 

चांगी बिजÞनेस पार्कमा अवस्थित ह्वावेले यस क्षेत्रभरि मोबाइल इकोसिस्टमलाई बढावा दिँदै, एशिया प्यासिफिकमा बढ्दो प्रविधिक हबको रूपमा सिंगापुरको महत्वलाई प्रयोग गरेको छ । एआर, भीआर, एचएमआर कोर किट्स र अन्य खुला प्राविधिक क्षमताहरूको साथ सुसज्जित प्रयोगशाला सबै स्तरका विकासकर्ताहरूलाई उनिहरुको मोबाइल एप विकास यात्रा दौरान सहयोग पुर्याउन डिजाइन गरिएको हो । 

‘नयाँ इन्टेलिजेन्स युगमा ह्वावेको लक्ष्य एचएमएसको साथ एक १ प्लस ८ प्लस एन अल–सिनारीयो मोबाइल इकोसिस्टम बनाउनु हो जसले विकासकर्ताहरूलाई उनीहरूको व्यवसाय निर्माणको लागि आविष्कार गर्न सक्षम पार्दछ । डिजिक्स ल्याबले आवश्यक अनुप्रयोग विकास टुलहरुबाट विकासकर्तालाई सुसज्जित गरी उनीहरुलाई निखार्न एक प्लेटफर्म प्रदान गर्दछ, जसले डिजिटल स्पेसको भविष्यलाई नबिन र उन्नत बनाउँदछ ।’ ह्वावे एशिया प्यासिफिकका उपाध्यक्ष जे चेनले भने ।

जेका अनुसार ह्वावेले एशिया प्यासिफिक क्षेत्रमा डिजिटल रूपान्तरणको गति बढाउन टेक्नोलोजी इकोसिस्टम विकास गर्न धेरै कार्यक्रममा आफ्ना साझेदारहरूसँग मिलेर काम गर्ने छ । डिजिक्स ल्याब सँगसँगै ह्वावेले यस क्षेत्रमा आफ्नो मोबाइल इकोसिस्टम उन्नत बनाउनका लागि ह्वावे एप ग्यालेरीमा अधिक स्थानीय इन–डिमान्ड एपहरू ल्याउने घोषणा पनि गरेको छ । 

ग्लोबलडाटाको पछिल्लो तथ्याङ्कअनुसार २०२४ सम्ममा एसिया प्यासिफिक १.१४ अरब ग्राहकहरूको साथ फाइभजी टेक्नोलोजी अपनाउने सन्दर्भमा अग्रणी क्षेत्र हुने छ, जुन ग्लोबल फाइभजी ग्राहकको ६५% हुनेछ ।  

टेक कम्पनीले एशिया प्यासिफिक देशहरूमा तीन बर्षभित्र विभिन्न भर्टिकल उद्योगहरूको लागि हरेक बर्ष फाइभजी सोलुसन अपनाउन १०० भन्दा बढी स्थानीय एसएमई र स्टार्टअपहरू विकास गर्न प्रतिबद्ध रहेको जनाएको छ । 

नेशनल डिजिटल इकोनोमी एन्ड सोसाइटी कमिसन थाइल्याण्डका महासचिव भन्नापर्न देहस्टिनले भने, ‘यो फाइभजी ईआईसी विभिन्न उद्योगहरूमा फाइभजी एप्लिकेशन र सेवाहरूको डिजिटल इनोभेसनको लागि स्यान्डबक्सको रूपमा रहेको छ । यी इनोभेसशनहरुले एसएमई, स्टार्टअप र शैक्षिक संस्थाको लागि थाइल्यान्ड ४.० हासिल गर्ने र आसियान क्षेत्रमा डिजिटल हब निर्माण गर्ने मार्ग बनाउने छ र नयाँ व्यवसायको अवसर सिर्जना गर्नेछ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप