ad
केन्द्रीय संस्करण

विकास देख्न नचाहनेले विरोध गर्दै हिँडे : मुख्यमन्त्री पौडेल

person explore access_timeफागुन १४, २०७७ chat_bubble_outline0

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास देख्न नचाहनेहरु सरकारको विरोधमा उत्रिएको आरोप लगाएका छन् ।

हेटौंडा उपमहानगरपालिका १३ र १४ मा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले विकास विरोधीहरु नै सरकारको विरोधमा हिँडेको बताएका हुन् ।

सरकारको कामलाई आफ्नै आसपासमा रहेकाहरुले नदेखेजस्तो गरेको उनको भनाइ थियो । उनले बागमती प्रदेश सरकारले विकास निर्माणका कामलाई प्राथमिकता दिँदै आएको दावीसमेत गरे ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्राविधिक शिक्षालय र १० हजार जनाले रोजगारी पाउने औद्योगिक क्षेत्र निर्माणलाई उदाहरणका रुपमा प्रस्तुत गर्दै उनले विकास हेर्न आउन आग्रह पनि गरे ।

‘सरकारले गरेको विकासमा काम काम हेर्न अन्त नजानु, अलि उता हेर्नुस्, प्राविधिक शिक्षालय बन्दैछ, अलि यता आउनुस्, १० हजार जनाले रोजगारी पाउने औद्योगिक क्षेत्र बन्दैछ, अलि उता जानुस्, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्दैछ,’ उनले भने ।

उल्लेखनीय छ, मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेकपाभित्रको विवाद चर्किएसँगै उनीविरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले अविश्वास प्रस्ताव ल्याएको हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.