शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फोहोरबाट ग्यास उत्पादन गर्ने तयारी

शनिबार, १५ फागुन २०७७, ०६ : ४५
शनिबार, १५ फागुन २०७७

झापाको  दमक  नगरपालिकामा कुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन  गर्न  धमाधम  काम  अगाडि  बढेको छ । फोहोरबाट ऊर्जाअन्तर्गत    ग्यास,    प्राङ्गारिक  मल  र  झोल  मल  उत्पादन  गरिने  योजना  रहेको  दमक  नगरपालिका  वातावरण  शाखा  प्रमुख  ज्ञानेन्द्र  चौधरीले  बताए । 

यसका लागि फोहोर  प्रशोधन  केन्द्र  स्थापना  गरिएको  छ   । दमक–३ स्थित हम्सेदुम्से सामुदायिक वन  क्षेत्रभित्र स्थापना गरिएको प्रशोधन केन्द्रमा  नगरको  फोहोर  लगेर अजैविक  अर्थात् प्लास्टिकयुक्त र जैविक   तथा   कुहिने  वर्गको  फोहोर  छुट्याइन्छ  ।  

यसरी  छुट्याइएको फोहोरमध्ये जैविक फोहोरलाई ठूलो ट्याङ्कीमा हालेर १५   दिनसम्म कुहाइन्छ  ।  यसरी कुहिएको  फोहोरबाट  मिथेन बायोग्यास  उत्पादन  हुन्छ  ।  

उत्पादन भएको ग्यासलाई प्रशोधन गरी ग्यास पाइप अर्थात् सिलिन्डरमार्फत वितरण गरिने प्रमुख चौधरीले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा टीकाराम उप्रेतीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप