शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्राकृतिक बासस्थानमा बढेनन् घडियाल

शनिबार, १५ फागुन २०७७, ०७ : ४८
शनिबार, १५ फागुन २०७७

सिमसार पारिस्थितिक प्रणालीको मुख्य प्रजाति मानिएको घडियाल गोही संरक्षणमा चुनौती थपिँदै आएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको कसरा मुख्यालय नजिकै सञ्चालित घडियाल संरक्षण केन्द्र सफल भए पनि जुन उद्देश्यका लागि संरक्षण केन्द्र स्थापना भएको हो त्यो उद्देश्य पूरा गर्न चुनौती थपिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार केन्द्रले आशातीत प्रतिफल प्राप्त गरे पनि प्राकृतिक बासस्थानमा घडियालको सङ्ख्या बढाउन सकिएको छैन ।

प्रमुख संरक्षण अधिकृत बरालका अनुसार २०३५ सालमा स्थापना भएको केन्द्रले १० वर्षपछि निरन्तर रूपमा प्राकृतिक बासस्थानमा घडियाल छोड्दै आएको छ ।
यो केन्द्रमा प्रजनन् र हुर्काइएका घडियालका बच्चा विभिन्न नदी र तालतलैयामा छोडिँदै आएको भए पनि ती प्राकृतिक बासस्थानमा गोहीको वृद्धि अपेक्षित रूपमा हुन सकेको छैन । केन्द्रले हालसम्म विभिन्न नदीका एक हजार छ सयभन्दा बढी गोही छोडिसकेको छ । तर प्राकृतिक बासस्थानमा केवल दुई सयको हाराहारीमा मात्र गोही भेटिने गरेको छ ।

प्राकृतिक बासस्थानबाट गोहीको अण्डा सङ्कलन गरी कृत्रिम ह्याचिङ प्रविधि अपनाएर बच्चा उत्पादन गर्ने र ती बच्चा आहारा खोज्नसक्ने बनेपछि प्राकृतिक बासस्थानमा छोड्ने उद्देश्यले केन्द्र स्थापना गरिएको थियो ।

घडियालका लागि अनुवांशिक कोष अर्थात् जिन बैङ्कका रूपमा रहेको संरक्षण केन्द्र घडियाल गोहीको सङ्ख्यात्मक उत्पादनमा सफल भए पनि प्राकृतिक बासस्थानमा भने घडियालको सङ्ख्या वृद्धि गराउन सकिएको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप