ad
केन्द्रीय संस्करण
दोषपूर्ण दलतन्त्रमा रुपान्तरण कसरी ?

नेपालको राजनीति : १० हजार पेशेवरले सत्ताकब्जा गर्न सक्ने स्थिति

खाँचो दलतन्त्रको ठाउँमा लोकतन्त्रको विस्तार, लोकतन्त्रको पनि लोकतन्त्रीकरण – राजेन्द्र महर्जन

person explore access_timeफागुन १५, २०७७ chat_bubble_outline1

 

 

 

अहिले हाम्रा दलहरू मूलतः कार्यकर्तामा आधारित छन् । अझ कम्युनिष्ट पार्टीहरुको सन्दर्भमा भन्दा पेशेवर कार्यकर्तामा आधारितजस्ता भइसकेका छन् । एक खालका बलिया डाकाहरूको समूह बनाउने हो भने उसले सजिलै सरकार कब्जा गर्न सक्छ भन्ने हदसम्मको टिप्पणी पनि कसैकसैले गर्ने गर्छन् । १० हजार जति फोर्स भयो भने उसले सजिलै सत्ता कब्जा गर्न सक्छ भन्ने ढंगसम्मको आलोचना भइरहेको छ ।

यसको अर्थ के हो भने सबै खाले वैचारिकी, संस्थानहरू, राज्ययन्त्रहरू दलतन्त्रले कब्जा गर्न सक्ने अवस्थामा छ । यति खतरनाक भएको स्थितिमा कहीँ दलहरू नै अनावश्यक हुन थालेको हो ? त्यसको विकल्प खोज्नुपर्ने हो ? यति हदसम्मका प्रश्न उठ्न थालेका छन् ।

दोषपूर्ण दलतन्त्रमा रुपान्तरणका लागि उपायको रुपमा मलाई चाहिँ के लाग्छ भने डाक्टर महेश मास्केले उठाउनुभएको सोभियत वा कम्युनका कुरा हुन सक्छ । त्यो भनेको फेरि पनि समुदायतर्फ जाने कसरी भन्ने प्रश्न नै हो । समुदायमा पनि अझ आफैं निर्वाचित हुने स्वशासित खालको संरचना कसरी निर्माण गर्ने भन्ने प्रश्न सबैभन्दा महत्वपूर्ण हो ।

नेपालको सन्दर्भमा आउने हो भने तत्कालको लागि जवाफ के हुन सक्छ भने फेरि पनि अहिले हामीले सीमित रुपमा भोगिरहेको लोकतन्त्रलाई कसरी विस्तार गर्ने भन्ने प्रश्न नै हो । दलतन्त्रको ठाउँमा फेरि पनि लोकतन्त्रको विस्तार, लोकतन्त्रको पनि लोकतन्त्रीकरण भन्ने कुरा त्यत्तिकै महत्वपूर्णजस्तो लाग्छ ।

राज्यको सन्दर्भमा भन्ने हो भने राज्य पुनःसंरचना त्यसको मूल हिस्सा हो जस्तो लाग्छ । स्पष्ट रुपमा भन्ने हो भने हामीले राज्य पुनःसंरचनालाई त्यतिकै छोड्यौं र पुनःसंरचनाबाट आशा लिएर बसेका अधिकांश मान्छेमा यो लोकतन्त्र या गणतन्त्रप्रति कुनै खालको स्वामित्वभाव छैन । स्पष्ट रुपमा भन्ने हो असन्तुष्टि धेरै छन् र कयौं सन्दर्भमा त्यो दुर्भावकै रुपमा पनि पोखिन सक्छ । यो हिसाबले उनीहरूको स्वामित्व बढाउने गरी प्रतिनिधित्व, मुद्दाहरूको सम्बोधन तथा अपनत्वको कसरी बिस्तार गर्ने भन्ने कुरा राज्यको सन्दर्भमा सोच्नुपर्ने एउटा पक्ष हुन सक्छ ।

कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई आम जनताभन्दा माथि ठान्ने खालको स्थिति तथा प्रशिक्षण नै त्यस्तो बन्दो रहेछ । त्यसको अर्थ भनेको के हो भने ‘हामी अग्रदस्ता हौँ, अग्रदस्ताको पनि अग्रदस्ता हौँ’ भन्ने खालको जुन मानसिकता बन्छ–बनाइन्छ, त्यसले ‘हामी शासक हौँ’ भन्ने बनाइदिन्छ ।

पार्टी वा दलहरूको सन्दर्भमा खतरनाक पाटो– हाम्रो संरचनामै समस्या देखिएको छ । मैले देखिरहेको अर्को समस्या, ध्यानाकर्षण गराउन खोजेको कुरा– हाम्रो मानसिकतामा पनि त्यतिकै समस्या छ । त्यो मानसिकता भनेको नेता बन्ने प्रक्रियामा छ । अझ कम्युनिष्ट पार्टीमा त नेताहरूको पनि नेता बन्ने जुन प्रणाली छ, त्यो आफैमा पनि समस्याजनक छ । कहाँ समस्या देखिरहेको छु भने– कम्युनिष्ट पार्टीमा लाग्नु भनेकै, रुसी वा अन्यत्रको अभ्यास हेर्ने हो भने अग्रदस्ताहरुको पार्टीको रुपमा व्याख्या गर्ने गरिन्छ । त्यो भनेको कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई आम जनताभन्दा माथि ठान्ने खालको स्थिति तथा प्रशिक्षण नै त्यस्तो बन्दो रहेछ । त्यसको अर्थ भनेको के हो भने ‘हामी अग्रदस्ता हौँ, अग्रदस्ताको पनि अग्रदस्ता हौँ’ भन्ने खालको जुन मानसिकता बन्छ–बनाइन्छ, त्यसले ‘हामी शासक हौँ’ भन्ने बनाइदिन्छ ।

जातप्रथामा जसरी ब्राह्मण ‘सुपेरियर’ बन्छ वा युरोपियन दर्शनमा ‘सुपरम्यान’को जस्तो व्याख्या गरिन्छ, ती खासै भिन्नजस्तो लाग्दैन । कम्युनिष्ट पार्टीको अग्रदस्ताको जसरी व्याख्या गरिन्छ, ब्राह्मणवादले जसरी ब्राह्मणलाई ‘सुपेरियर’ ठान्छ, फासिष्टहरूले ‘सुपरम्यान’को जसरी कल्पना गर्छ, तीबीच धेरै फरक नभएको जस्तो लाग्छ । नेतृत्व भनेकै सुपरम्यान वा सर्वोच्च भन्ने खालको मानसिकताले अरुमाथि नियन्त्रण गर्न थाल्छ । अहिले देखिएको स्थिति यो हो ।

जसरी हामीले कम्युनिष्ट पार्टी वा पार्टी बनाइरहेका छौं, त्यसले एउटा व्यक्तिलाई कुनै न कुनै रुपमा सर्वोच्च बनाउने खालको अभ्यास गर्छ । त्यसमाथि कसरी नियन्त्रण गर्न भन्ने खालका कुरा सबैभन्दा महत्वपूर्ण हो ।

उदाहरणको लागि, कम्युनिष्ट पार्टीको अधिकांश संरचना हेर्ने हो भने कम्युनिष्ट पार्टीले, त्यसको महासचिव वा महामन्त्रीले भ्रातृ संगठनलाई आप्mनो नियन्त्रणभित्र रहेको एउटा संस्थाको रूपमा मात्रै हेर्छन् । अघि घनश्यामजीले भनिसक्नुभएको छ, तल्लो संगठन त नियन्त्रणमै रहनुपर्ने, व्यक्ति पनि र संगठन पनि नियन्त्रणमै रहनुपर्ने सिद्धान्तले बनाउने त आखिर कसैलाई सुपरम्यान नै हो । त्यो स्थितिमा नेतृत्वमाथि कुनै पनि प्रश्न नउठ्ने खालको संस्कार बन्न थाल्छ । त्यस्तो हाम्रो मानसिकतालाई चुनौती दिने खालको कुनै प्रक्रिया, संस्कार बनेको जस्तो लाग्दैन । त्यो हिसाबले यो मानसिकतामाथि प्रश्न गर्नुपर्ने जस्तो लाग्छ ।

धारणा, मानसिकता, संस्कार यति धेरै जोडिएका छन्, संरचना नै पनि फेर्नुपर्ने स्थिति छ । जसरी हामीले कम्युनिष्ट पार्टी वा पार्टी बनाइरहेका छौं, त्यसले एउटा व्यक्तिलाई कुनै नकुनै रुपमा सर्वोच्च बनाउने खालको अभ्यास गर्छ । त्यसमाथि कसरी नियन्त्रण गर्न भन्ने खालका कुरा सबैभन्दा महत्वपूर्ण हो । नेतृत्वको पनि अवधारणामाथि अन्तोनियो ग्राम्सीको कोणबाट प्रश्न गर्नुपर्ने ठाउँ छ । मार्क्सवादभन्दा पनि थोरै पर रहेको जस्तो लाग्ने खालको उनको व्याख्या के हो भने नेतृत्व भनेको एक खालको हेजेमोनी मात्रै हो । तर, हेजेमोनीलाई प्रभुत्वविनाको वर्चश्वको रुपमा नभई नेतृत्वको रुपमा व्याख्या गर्दा, त्यो विचारको, संस्कृतिको वा प्रक्रियाको नेतृत्व हो भनेर बुझ्दा सायद अलिकति कम्युनिष्ट पार्टी वा पार्टीहरूमा पनि त्यो खालको एकाधिकार नरहला कि ?

एउटा नेतृत्व बिग्रियो भने सम्पूर्ण रूपमा पार्टी बिग्रिरहने वा समाजमै समस्या पार्ने हुन्छ । अझ राज्यमाथि नै प्रभाव पार्ने, नियन्त्रण गर्ने खालको जुन स्थिति बनेको छ, त्यसलाई तोड्न फेरि कम्युनिस्ट पार्टीमा उठ्ने गरेको जनवादी केन्द्रीयतालाई पुनः व्याख्या गर्नुपर्ने हुन सक्छ । अन्य पार्टीका हकमा आन्तरिक लोकतन्त्रलाई पुनःपरिभाषित गर्नुपर्ने हुन सक्छ ।

अहिले अधिकांश कम्युनिस्ट पार्टी वा अरू पार्टीमा आदेशको भरमा, निर्देशनको भरमा, अहिले त अध्यादेशको भरमा सिङ्गो देश नै चलाउने भइसकेको छ, पार्टीको त कुरै भएन । एउटा नेतृत्व बिग्रियो भने सम्पूर्ण रूपमा पार्टी बिग्रिरहने वा समाजमै समस्या पार्ने हुन्छ । अझ राज्यमाथि नै प्रभाव पार्ने, नियन्त्रण गर्ने खालको जुन स्थिति बनेको छ, त्यसलाई तोड्न फेरि कम्युनिस्ट पार्टीमा उठ्ने गरेको जनवादी केन्द्रीयतालाई पुनः व्याख्या गर्नुपर्ने हुन सक्छ । अन्य पार्टीका हकमा आन्तरिक लोकतन्त्रलाई पुनःपरिभाषित गर्नुपर्ने हुन सक्छ ।

त्यो भनेको त्यहाँभित्र सुशासनको कुरा कति हुन्छ ? आफ्नो बारेमा नीतिनिर्णय गर्ने अधिकार कति हुन्छ ? पार्टीका निर्णयबारे कार्यकर्ताहरूमा अधिकार कति रहन्छ ? राज्यकै नीतिनिर्णयबारे कार्यकर्ता वा आम नागरिकले आफ्नो निर्णय आफै हस्तक्षेप कति गर्न पाउँछन् भन्ने कुरा महत्वपूर्ण हो ।

 


 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Feb. 27, 2021, 5:30 p.m. राज कुमार पाण्डे
    अब सोच्नुस त महेन्द्र ले त्येसबेला सहि गरेका होइन त, १०० वटा ब्वाँसो भन्दा एउटा सिंघ जाति, चेतना भया
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.