
प्रकाश झाले दिएका थिए अजयलाई अलग अवतार

बलिउड निर्देशक प्रकाश झाले धेरै उत्कृष्ट फिल्महरु बनाइसकेका छन् । २७ फेब्रुअरी, १९५२ मा बिहारको चम्पारणमा जन्मिएका झाले आफ्नो सुरुवाती पढाइ सैनिक स्कुल तिलैयाबाट पूरा गरेका थिए । उनले दिल्ली विश्वविद्यालयबाट स्नातक गरे ।
प्रकाशको पहिलो बलिउड फिल्म ‘हिप हिप हुर्रे’ १९८४ मा रिलिज भएको थियो । यस फिल्ममा दिप्ति नवल र राजकिरण मुख्य भूमिकामा थिए । सन् २००३ मा प्रदर्शनमा आएको ‘गंगाजल’ ले प्रकाश झालाई नयाँ उचाइ थियो । यस फिल्ममा उनले अजय देवगनलाई अलग अवतारमा देखाएका थिए । फिल्मको डायलग र स्क्रिनप्लेको चर्चा आज पनि हुनेगर्छ । यस फिल्मले धेरै नेशनल अवार्ड जितेको थियो । यही फिल्मदेखि अजय देवगन र प्रकाश झा घनिष्ट भए ।
२००५ मा अपहरण फिल्ममा फेरि प्रकाशले अजयलाई नै लिए । यो फिल्म बिहारको अपराधबारे केन्द्रीत थियो । फिल्ममा अजयको अपोजिटमा विपाशा बसु थिइन् । त्यस्तै, नाना पाटेकर र यसपाल शर्माको अभिनयको पनि धेरै तारिफ भयो । यस फिल्मका लागि नाना पाटेकरले वर्ष २००६ मा फिल्मफेयर सर्वश्रेष्ठ खलनायक पुरस्कार जिते ।
त्यसयता, २०१० मा प्रकाश झा निर्देशित राजनीति प्रदर्शनमा आयो । यस फिल्ममा कैटरिना कैफ, अजय देवगन, रणवीर कपूर, अर्जुन रामपाल, मनोज बाजपेयी र नाना पाकेटर मुख्य भूमिकामा थिए । २०११ मा प्रदर्शित आरक्षणमा अभिताभ बच्च, सैफ अली खान, दीपिका पादुकोण, मनोज बाजपेयीलगायत स्टार कलाकार थिए । त्यसयता प्रकाशले जय गंगाजल निर्देशन गरे । यस फिल्ममा प्रियंका चोपडमा मुख्य भूमिकामा थिइन्, तर फिल्मले खासै राम्रो व्यापार गर्न सकेन ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ