शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा कैद भएको थियो एक भयानक वास्तविकता, ध्यानपूर्वक हेर्नुहोस् फोटो

शनिबार, २१ असोज २०७४, १४ : ००
शनिबार, २१ असोज २०७४

जब कोही घुम्न जान्छन् तब उक्त क्षणलाई क्यामरामा कैद गर्न पछि पर्दैनन् । यस्तै एक परिवार अमेरिकाको कोलोराडो शहर घुम्न गएका थिए तर उक्त तस्बिर राम्रोसँग हेरेपछि उनीहरुको होस उड्यो ।

तस्बिर खिच्ने व्यक्ति जोन जे र उनकी श्रीमतीका अनुसार पार्टीमा ११ जनाको मात्र उपस्थिती थियो । त्यहाँ कुनै पनि बच्चा थिएनन् ।

यो पूरा घटना कोलोराडोको स्ट्यान्ले होटलको हो जहाँ पछिल्लो महिना केही व्यक्तिहरु घुम्न गएका थिए । यो तस्बिरलाई ध्यानपूर्वक हेर्नुभयो भने तपाईंले सिँढिमा महिलाको नजिकै एक बालिका देख्नुहुन्छ भने सिँढिको अर्कोतर्फ पनि एक महिला देख्नुहुन्छ ।

यद्यपी, फोटो खिच्ने व्यक्ति जोन जे माउस्लिङ र उनकी श्रीमती जेसिका मार्टिनेज–माउस्लिङले त्यसदिन पार्टीमा कुनै पनि बच्चाको उपस्थिती नभएको दाबी गरेका छन् ।

‘सुरुमा हामीले केही बेर सोच्यौं । कुनै बच्चालाई हामीले बिर्सियौं कि भनेर घोत्लियौं । हामीसँगै गएका केही सदस्यलाई पनि बालिकाहरु देखेका थियौ भनेर सोध्यौं,’ उनीहरुले हफिङ्टनपोष्टलाई लेखेको एक इमेलमा बताए ।

‘कसैले पनि देखेका थिएनन् । फोटो खिच्दा ती बालिकाहरु सिँढिमा देखेको कुुरा हामीलाई याद नै छैन ।’

उक्त तस्बिरको वास्तविकतालाई पूर्व एफबीआई एजेन्ट बेन हान्सेनले परिक्षण गरेका थिए ।

‘मलाई उक्त फोटो निकै मनपर्यो,’ हान्सेनले भने ।

‘यो नक्कली होइन भन्ने मलाई लाग्छ । असाधारण शक्तिको प्रमाणको रुपमा मैले देखेका तस्बिरमध्ये यो शीर्ष स्थानमा रहेको छ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप