ad
केन्द्रीय संस्करण

सांसद् खरिदका लागि ओली पक्ष सुटकेश बोकेर हिँड्न थाल्योः नारायणकाजी श्रेष्ठ

person explore access_timeफागुन १५, २०७७ chat_bubble_outline1

नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् पुनःस्थापना भएसँगै केपी ओलीले नैतिकता आधारमा प्रधानमन्त्री पदबाट राजीनामा नदिइ पदमा टाँसिएर बसेको भन्दै आक्रोश पोखेका छन् । 
ओली पक्षले सत्तामा टाँसिरहने  नियतका साथ  सांसदलाई आफ्नो पक्षमा पार्न सुटकेशमा पैसा  बोकेर हिँड्न थालेको आरोप समेत लगाए । 

शनिबार गृहजिल्ला गोरखाका अगुवा नेता कार्यकर्ताहरूसँगको छलफलमा उनले ओली पक्ष सांसद खरिदका लागि सुटकेस बोकेर हिँडेपछि उनीहरुको योजना कुनैपनि हालतमा सफल हुन नसक्ने बताए ।  

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर संविधान  र देशको पक्षमा साहसिक फैसला गरेको टिप्पणी गर्दै उनले न्यायालयमाथि जनताको भरोसा अझ बढेर गएको बताए । 
 उनले भने, ‘संसद पुनःस्थापनासँगै सबै चिज ठीकठाक र सरल हुन्छ भन्ने छैन । ओलीले एकपछि अर्को जसरी अनैतिक कार्यको श्रृखंला अगाडि बढाएका छन् ।  यसप्रति हिजो आन्दोलनरत पक्ष सबै चनाखो रहनुपर्ने हुन्छ ।’

उनले ओलीले  अब जस्तोसुकै कदम चालेपनि त्यसको सामना गरिने उनले बताए । अब नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुने बताउँदै उनले भने , ‘मलाई पूरा विश्वास छ, नेपाली काँग्रेस,  जसपा लगायतका राजनीतिक दलहरुले कुनै पनि हालतमा ओलीको योजनालाई साथ दिने छैनन् ।’

 कार्यक्रममा  पार्टीभित्रका एकताका बाँकी कामहरु छिट्टै पूरा गर्ने र गोर्खाको  समग्र विकास निर्माण र पार्टी निर्माणको विषयमा छलफल भएको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Feb. 27, 2021, 5:26 p.m. समिना श्रेष्ठ
    सुटकेश त तपाईंहरूले पो बोकर हिँडिरहनुभएको छ रे । भारतको कन्फरटेबलका लागि सरकार बनाउनका लागि अकुत पैसा त तपाईंहसग् नै छ रे । फटाह कुरा गर्ने ?
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.