शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नक्कली सुन देखाई ७ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

शनिबार, १५ फागुन २०७७, १६ : ४२
शनिबार, १५ फागुन २०७७

नक्कली सुन देखाई ७ लाख रुपैयाँ ठगी गरी फरार रहेका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८ बस्ने ३८ वर्षीय जित बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
बलेफी गाउँपालिका-४ टुनीबोटबाट गत असोज ३० गते नक्कली सुन देखाई उक्त नगद ठगी गरी फरार रहेका तामाङलाई ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले बाह्रबिसे नगरपालिका-८ मानेश्वरामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप