शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्राउन सुगरसहित एक जना पक्राउ

शनिबार, १५ फागुन २०७७, १७ : २२
शनिबार, १५ फागुन २०७७

झापाको मेचीनगर नगरपालिका ६ स्थित मेची खोला इलाकाबाट सशस्त्र प्रहरीको टोलीले करीब ४ सय ५० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँ बस्ने हेमन्त खनाललाई पक्राउ गरेको छ । 
    सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस मेची पुलबाट खटिएको सशस्त्र प्रहरी टोलीले उनलाई उक्त ब्राउन सुगरसहित पक्राउ गरेको हो । 
    भारतबाट नेपालतर्फ आउँदै गरेका निज खनाललाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो । 
    पक्राउ परेका खनाललाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप