शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थप ८१ मा कोभिड–१९ को सङ्क्रमण पुष्टि

शनिबार, १५ फागुन २०७७, २० : २६
शनिबार, १५ फागुन २०७७

देशभर पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ८२४ को स्वास्थ्य परीक्षण गर्दा ३५ महिला र ४६ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । 

त्यस्तै पछिल्लो समय कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ६५ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ४८ निको भएका छन् । 

यससँगै निको हुनेको सङ्ख्या दुई लाख ७० हजार ३२५ रहेको छ । निको हुने दर भने ९८ दशमलव छ प्रतिशत छ । 

अहिले देशभर ९८६ सक्रिय सङ्क्रमित छन् । ६२ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा २१  लाख ६० हजार ४०४ को पिसिआर परीक्षण भएको छ ।

 पछिल्लो समय कोरोनाको कारण थप दुई जनाको मृत्यु भएको छ । यससँगै हालसम्म दुई हजार ७७३ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप