शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनुष्कासँग विवाद भइसकेका पूर्व क्रिकेटरले विराटलाई भने, ‘यति सुन्दर श्रीमती छिन तर पनि तपाईं डिप्रेसनमा कसरी जानुभयो ?’

आइतबार, १६ फागुन २०७७, १० : १५
आइतबार, १६ फागुन २०७७

टिम इन्डियाका विकेटकिपर भइसकेका फारुख इन्जिनियरले भारतीय कप्तान विराट कोहलीमाथि ठट्यौली पारामा कमेन्ट गरेका छन् । एक स्पोर्टस् वेबसाइटलाई हालै दिएको एक अन्तरवार्तामा ८३ वर्षका इन्जिनियरले भने, ‘तपाईंकी श्रीमती यति सुन्दर छिन्, तरपनि तपाईं कसरी डिप्रेसनमा जानुभयो ?’ विराटले हालै आफू सन् २०१४ मा बेलायतको भ्रमणका बेला डिप्रेशनमा गएको बताएका थिए ।

इन्जिनियरले भने, ‘तपाईं पिता बनिसक्नुभएको छ । यस्तोमा भगवानलाई धन्यवाद भन्नका लागि तपाईंसँग धेरै कारण छन् । डिप्रेशन पश्चिमी देशको सोच हो । हामी सबै भारतीय यस्ता परिस्थितीमा रहन्छौं जसले हामीलाई डिप्रेशनबाट जोगाउँछ । हाम्रो मानसिक स्थिती पनि निकै राम्रो छ ।’

फारुख–अनुष्काबीच पहिला विवाद भइसकेको छः

फारुख इन्जिनियरले विराट र अनुष्कामाथि कमेन्ट गरेको यो पहिलो पटक भने होइन । सन् २०१९ मा बेलायतमा भएको विश्वकपका बेला अनुष्का र इन्जिनियरबीच वाकयुद्धसमेत भएको थियो । त्यतिबेला इन्जिनियरले बेलायतमा विश्वकपका बेला चयनकर्ताहरु अनुष्कालाई रिझाउन तर्फ लागेको र उनलाई चिया खुवाउन व्यस्त भएको आरोप लगाएका थिए ।

विराटले भनेका थिए, ‘हरेक बलरको जीवनमा यस्तो समय आउँछ’

विराटले हालै भनेका थिए, ‘बेलायत भ्रमण (सन् २०१४) नीजि रुपमा मेरा लागि निकै मुश्किल थियो । म डिप्रेशनमा थिएँ । मलाई यस्तो लाग्थ्यो कि म रन बनाउन सक्दिनँ । यो निकै नराम्रो महसुस थियो । सबै बलरको जीवनको यस्तो समय आउँछ । त्यतिबेला तपाईंको बसमा केही पनि हुँदैन । म आफू एक्लो भएको महसुस गर्दथेँ । मलाई लाग्थ्यो कि कसैले मलाई बुझ्न सक्लान् वा नसक्लान् । मलाई निद्रा पनि लाग्दैनथ्यो । मैले आत्मविश्वास गुमाइसकेको थिएँ ।’

सन् १९९० को टिम इन्डियाबाट प्रेरित भएर विराट डिप्रेशनबाट बाहिर आएः

कोहलीका अनुसार डिप्रेशनबाट निस्कनमा सन् १९९० को टिम इन्डियाले उनलाई निकै मद्दत गर्यो । उनले भने, ‘म जब ९० को टिमलाई याद गर्छु तब मलाई थाहा हुन्छ कि के गर्नुपर्छ । मैले टिम इन्डियाले थुप्रै खेल जितेको देखेँ । त्यसपछि मलाई विश्वास भयो कि आफैंमाथि विश्वास गर्दा जादु पनि हुन्छ । यदि कोही व्यक्तिले विश्वास गरे उसले सबैकुरा परिवर्तन गर्न सक्छ । यहिँबाट मैले अघि बढ्ने बाटो देखेँ । देशका लागि खेल्ने जोश यहिँबाट बढ्यो । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप