रौतहटमा अवैध सालको काठ बरामद
आइतबार, १६ फागुन २०७७, १० : २२
रौतहटबाट वन सुरक्षा गस्ती टोलीले अवैध सालको काठ बरामद गरेको छ । गुजरा नगरपालिका ३ स्थित सिमरी गाउँ नजिकैको धन्सार खोलामा ना५ त ५२ ४५ नम्बरको ट्याक्टरमा सालको काठ लोड अवस्थामा बरामद भएको सब डिभिजन बन कार्यालय जङ्गलसैयाका प्रमुख विमल ठाकुरले बताए ।
काठ तस्करी हुँदै गरेको विशेष सूचनाका आधारमा जङ्गलसैयाबाट वन सुरक्षा टोली खटिएको थियो । ठाकुरका अनुसार काठ तस्करीमा संलग्न भने भाग्न सफल भएका छन् । काठ सहितको सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि सब डिभिजन बन कार्यालय जङ्गलसैयामा पठाइएको. डिभिजन बन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान
-
गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने