बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अमिताभ बच्चनको शल्यक्रिया हुँदैः ब्लगमा जानकारी दिँदै लेखे, ‘योभन्दा बढी केही लेख्न सक्दिनँ’

आइतबार, १६ फागुन २०७७, ११ : १८
आइतबार, १६ फागुन २०७७

बलिउड अभिनेता अमिताभ बच्चन सोसल मिडियामा असाध्यै सक्रिय रहन्छन् । कहिले ट्वीटरमा त कहिले ब्लगमार्फत् उनी लगातार आफ्नो प्रशंसकसँग लगातार कुराकानी पनि गरिरहन्छन् र थुप्रै पटक आफ्नो जीवनका किस्साबारे पनि जानकारी दिन्छन् । तर यसपटक अभिनेताका नयाँ ब्लगले सबैमा कौतुहल जताएको छ । ब्लगमा अमिताभ बच्चनले स्वास्थ्य स्थितीका कारण उनको शल्यक्रिया हुन लागेको बताएका छन् ।

अभिनेताले शनिबार राती एउटा पोस्ट लेखे । पोस्टमा उनले लेखे, ‘स्वास्थ्य अवस्था... शल्यक्रिया.... योभन्दा बढी केही लेख्न सक्दिनँ ।’

स्मरण रहोस्, कुली फिल्मको सेटमा भएको दुर्घटनापछि नायकको थुप्रै पटक शल्यक्रिया भइसकेको छ । यत्तिका वर्षपछि पनि नायकलाई त्यो बेलाको समस्याले आज पनि तनाव दिने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप