मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आइपिओको रिजल्ट मात्र हेर्न सकिने नयाँ वेभसाइट

आइतबार, १६ फागुन २०७७, ११ : ४८
आइतबार, १६ फागुन २०७७

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आइपिओको नतिजा सञ्चारमाध्यमको वेभसाइटबाट हेर्न नपाउँने व्यवस्था गरेपछि आम लगानीकर्तालाई कहाँबाट आइपिओ नतिजा हेर्ने भन्ने अन्यौल अझै रहेको देखिन्छ । 

यसअघि अनलाइन सञ्चारमाध्यमबाटै हेर्न सकिने व्यवस्था भएकोमा अब भने सिडिएससीले नै आइपिओ रिजल्ट मात्र हेर्न मिल्ने नयाँ वेभसाइट खडा गरेको छ । 

यसका लागि तपाईंले  (https://iporesult.cdsc.com.np/) ​  मा क्लिक गरेर हेर्न सकिने छ । 

यसले कहाँ हेर्न पाइन्छ भनेर वेभसाइट चहारेर बस्नुपर्ने झन्झटबाट मुक्त गराउने सिडिएससीको विश्वास छ । यस बाहेक सम्बन्धित कम्पनीको विक्री प्रबन्धकको वेभसाइटमा पनि गएर हेर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप