शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाल विवाहको आरोपमा बेहुला–बेहुलीसहित तीनजना पक्राउ

आइतबार, १६ फागुन २०७७, १४ : ११
आइतबार, १६ फागुन २०७७

काठमाडौं । बाल विवाहको आरोपमा वीरगञ्जबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । १८ वर्ष पुरा नभएकी बालिका र १९ वर्षका किशोरले स्थानीय भुटनदेवी मन्दिरमा विवाह गरेका थिए । वीरगञ्ज महानगरपालिका–१७ बस्ने किशोर गुड्ड सर्राफ, ४६ वर्षीय कृष्ण सर्राफ र बालिकालाई पक्राउ गरिएको पर्साका एसपी बेलबहादुर पाण्डेले रातोपाटीलाई बताए । कृष्णले छोरा गुड्डु र बालिकाको बीचमा माघ १९ मा विवाह गराएका थिए ।

बालिकाको आमाले ‘छोरी हराएको’ निवेदन दिएपछि खोजतलास गर्दा गुड्डुसँग विवाह गरेको खुलेपछि उनिहरुलाई पक्राउ गरिएको एसपी पाण्डेले बताए । मुलुकी अपराध संहिताको दफा–१७३ अनुसार २० वर्ष पुरा नभई विवाह गर्न पाइँदैन । गुड्डु सर्राफविरुद्ध जबर्जस्ती करणी मुद्धा पनि आकर्षित हुन्छ ।

स्वास्थ्य परीक्षण गर्दा बलात्कार पुष्टि भएमा जबर्जस्ती करणीमा पनि मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ । आरोपीहरुलाई अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । बाल विवाह प्रमाणित भएमा ३ वर्ष कैद सजाय हुने कानुनी प्रावधान छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप