शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साइबर ब्यूरोको नाम राखेर फेसबुक पेज खेल्ने पक्राउ

आइतबार, १६ फागुन २०७७, १४ : २८
आइतबार, १६ फागुन २०७७

काठमाडौं । प्रहरीको साइबर ब्यूरोको नाममा नक्कली फेसबुक पेज खोल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिका–६ घर भएका १८ वर्षीय प्रज्वल पोख्रेललाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता (एसएसपी) नविन्द अर्यालले जानकारी दिएका छन् ।

ब्यूरोको नामको फेसबुक पेजबाट प्रज्वलले नागरिकलाई भ्रममा पारेर आपराधिक कार्य गरेको प्रहरीको दाबी छ । सामाजिक सञ्जालमा ब्यूरोका प्रतिनिधि बनेर कुरा गर्दै उनले आपराधिक लाभ लिएको एसएसपी अर्यालले बताए । फागुन १३ मा पक्रेर प्रज्वललाई विद्युतिय कारोबार ऐन–०६३ अनुसार प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप