बी डिभिजन लिगमा खुमलटार र ब्वाइज युनियन विजयी
महेश राईले तेस्रो मिनेटमा गरेको गोल निर्णायक बन्दा खुमलटारले झम्सिखेल युथ क्लबमाथि आइतबार ‘बी’ डिभिजन लिगमा साँघुरो जित निकाल्दा अर्को खेलमा मिलन लिम्बूको ह्याट्रिकबाट ब्वाइज युनियनले नयाँ वस्ती युवा क्लबमाथि ३–० को सहज जित निकालेको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा खुमलटारले जारी लिगमा छैटौं जित निकालेको हो । प्रतिस्पर्धात्मक बनको खेलमा खुमलटारले पहिलो हाफमा लिएको अग्रतालाई जोगाएर महत्वपूर्ण तीन अंक लिग तालिकामा अंक जोड्न सफल भएको हो ।
रोमाञ्चक जित निकालेको खुमलटाले ८ खेलबाट तालिकामा १९ अंक बनाएको छ । यससँगै खुमलटारले शीर्ष स्थानमा एक खेल खेले अटाएको सातदोबाटोसँग अंक बराबरी गरेको छ । यस्तै पराजित झम्सिखेलको ८ खेलबाट ६ अंक छ ।
लिगकै अर्को खेलमा मिलन लिम्बूको ह्याट्रिकमा ब्वाइज युनियनले नयाँ वस्ती युवा क्लबमाथि सहज जित निकालेको हो । ह्याट्रिक गरेका मिलनले २१ औं मिनेटमा टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल थप्दै ब्वाइज युनियनलाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए ।
पहिलो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको लिम्बूले दोस्रो हाफमा पनि निरन्तरता दिए । ५७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि बाँकी समयमा थप गोल हुन सकेन र ब्वाइज युनियनले सहज जित निकाल्न सफल भयो । जितसँगै ब्वाइज युनियनको ८ खेलबाट १४ अंक भएको छ । पराजित नयाँ बस्तीको ८ खेलबाट ११ अंक छ ।
लिगमा सोमबार पनि दुई खेल हुनेछन् । पहिलो खेल रानीपोखरी कर्नर टिम (आरसीटी) र टु-साल क्लब तथा दोस्रो खेल सातदोबाटो युथ क्लब र श्री भगवती क्लब बीच खेल हुनेछ । दुबै खेल एन्फा कम्प्लेक्समा हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरीमा एमालेको कुम्भ मेला : विकसित पार्टी निर्माणमा स्पष्ट दिशानिर्देशको अपेक्षा
-
डर्ट टेम्पलले सुरु गर्यो डिटी९७७ एमएक्स च्याम्पियनसिप
-
तीन जना मृत अवस्थामा फेला
-
दाइको हत्या गरेको अभियोगमा पक्राउ
-
खड्काल्याण्डले प्रयोग गरेको स्काउटको जग्गा र भवनमा सिल गरेर सरकारले आतङ्क फैल्यायो : सांसद खड्का
-
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ