आलियाले सार्वजनिक गरिन् ‘गंगुबाई काठियावाडी’ को नयाँ लुक्स
मुम्बई । अभिनेत्री आलिया भट्ट पछिल्लो समय फिल्म ‘गंगुबाई काठियावाडी’ को कारणले चर्चामा रहेकी छन् । निर्देशक सञ्जयलीला भञ्सालीले फिल्मको टीजर आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका थिए । जसमा रहेको आलियाको लुक्स निकै मन पराइएको थियो ।
अहिले अभिनेत्री आलियाले फिल्मको एक पोस्टर समेत सार्वजनिक गरेकी छन् । जुन भाइरल भैरहेको छ । आलियाले फिल्मका न्यु पोस्टर शेयर गर्दै फ्यानलाई अन्यवाद समेत दिएकी छन् । ‘तपाईहरुले गंगुलाई निकै माया दिनुभयो । त्यसको लागि धन्यवाद’ आलियाले लेखेकी छन् ।
पोष्टरमा सेतो साडीमा गंगुबाई बनेकी आलिया गाडीको अगाडि बसेर तस्बिर पोज दिएकी छन् । उनको साथमा एक पर्स देख्न सकिन्छ । फ्यानले आलियाको यो लुक्सलाई समेत मनपराएका छन् । केन्टमा उनको तारिफ गरेका छन् ।
आलियाको यो फिल्म ‘गंगुबाई काठियावाडी’ बुक ‘द माफिया क्वीन अफ मुम्बई’मा आधारित रहेको छ । हुसैन जैदीले यस कितावलाई लेखेका हुन् । सञ्जयलीला भंसालीको निर्देशन रहेको फिल्म ३० जुलाईमा पर्दामा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै