शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तीन घण्टामा ४५ हजार राजश्व

आइतबार, १६ फागुन २०७७, १९ : ४४
आइतबार, १६ फागुन २०७७

सुर्खेत । पछिल्लो समय  कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा दैनिक दुर्घटनाका घटनाहरु घट्ने गरेका छन् । बढ्दो सवारी चाप र साँघुरो, धुलाम्मे सडकका कारण पनि दुर्घटना हुने गरेका छन् । तर, ट्राफिक प्रहरी घटनाहरु घट्न नदिन सक्रिय  भएको छ ।

सवारी–साधनलाई नियमन गर्न ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । शुक्रबार ट्राफिक प्रहरीले तीन घण्टामा मात्रै ४५ नियमविपरीत सवारी–साधनबाट राजश्व संकलन गरेको छ  । मापदण्डविपरीत सञ्चालन भएका २८ वटा सवारी–साधनलाई कार्बाही गर्दा सो राजश्व संकलन गर्न सफल भएको हो ।

मुख्य सुर्खेत–दैेलेख सडकखण्डमा सञ्चालन हुदै आएका सम्पुर्ण साधनको अनुगमन चेकजाँचका क्रममा त्यी सवारीहरू मापदण्ड विपरीत सञ्चालन भएको पाईएको हो,’ ट्राफिक प्रमुख उपेन्द्र आचार्यले भने । 

ट्राफिक कार्यालय र यातायात व्यवस्थापन कार्यालय सुर्खेतले शुक्रबार संयुक्त रुपमा चेकजाँच गरेका थिए । चेक जाँचमा यात्रु बाहेक सवारी साधनको भाडादर,कागजपत्र,सवारी साधनको अवस्था,सिट क्षमता बढी यात्रु राख्ने, मालवाहक सवारी साधन प्रयोजन विपरित प्रयोग गरिएकालाई कार्बाही गरिएको थियो । नियमित चेक जाँचले सडक दुर्घटनामा कमी आउने ट्राफिक कार्यालयले जनाएको छ ।

यात्री ठगिनबाट जोगिन्छन् । क्षमता भन्दा बढी यात्रु बोक्ने काम हट्ने यात्री सुरक्षित रहने विश्वास लिएको छ । यात्रामा केही सास्ती भएपनि यात्रा सुरक्षित रहने भएकोले चेकजाँचलाई नियमित लागु गर्नुपर्ने यात्री बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप