शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५६ वर्षपछि एक अभियुक्त पक्राउ

आइतबार, १६ फागुन २०७७, २२ : २७
आइतबार, १६ फागुन २०७७

सप्तरी । डाँका गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले ५६ वर्षपछि पक्राउ गरी आज कारागारमा थुनामा पठाएको छ । सप्तरीको महादेवा गाउँपालिका–१ पकरीका श्रीलाल यादवलाई ५६ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

सप्तरी जिल्ला अदालतमा पेश गरिएका यादवलाई आज कैद भुक्तानको लागि राजविराज कारागारमा थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । डाँका र जालसाज मुद्दामा फरार रहेका यादवलाई सप्तरी जिल्ला अदालतले ५६ वर्षअघि कैद सजायको फैसला गरेको थियो । जालसाजी कसुरमा अदालतले उनलाई २०२१ जेठ १९ गते छ महिना कैद र डाँका कसुरमा २०२३ भदौ ३ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो ।

अदालतको फैसला कार्यान्वयनअन्तर्गत फरार सूचीमा रहेका अभियुक्तलाई खोजतलास गर्दै पक्राउ गर्ने अभियानका क्रममा यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए । स्थानीय सुरैतलाल यादवको जाहेरीले कैद सजाय ठहर भए पनि फरार रहेका यादवलाई प्रहरी चौकी पकरीबाट गएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप