दीपेन्द्रको ‘चिसो मान्छे’को छायाँकन सुरु
काठमाडौँ । फिल्म ‘चिसो मान्छे’को छायाँकन सुरु भएको छ । सोमबार बिहान ललितपुरको महालक्ष्मी मन्दिरमा शुभ साइत गर्दै फिल्मको छायाँकन सुरु गरिएको हो ।
दीपेन्द्र के खनालको लेखन, छायाँंकन तथा निर्देशन रहने फिल्म शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् । स्वस्तिमा खड्का, अर्पण थापाको मुख्य भूमिका रहने फिल्ममा देशभक्त खनाल, आशान्त शर्मा, झकेन वीसी लगायतका कलाकारको अभिनय रहनेछ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, फिल्मका कलाकारलगायत सिमित ब्यक्तिको मात्र उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोर्ड अध्यक्ष दाहालले फिल्मको सफलताका लागि शुभकामना दिए । सुभाष भूषालको संगीत रहने यो फिल्म काठमाडाैं काठमाडौंदेखि बाजुरासम्मका विभिन्न लोकेशनमा खिचिने निर्देशक दीपेन्द्र के खनालले बताए ।
समाजका चिसो पात्रको रुपमा रहेका मानिसको कथा भन्ने फिल्मलाई घाममा नखिच्ने योजना दीपेन्द्रले बनाएका छन् । फिल्मको रिलिज मिति ११ भदौमा तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि सापकोटाविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
-
लुम्बिनीका विना विभागीय ७ मन्त्रीले पाए जिम्मेवारी, कसलाई कुन मन्त्रालय ?
-
महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो
-
१६ औँ योजनाको छलफलका लागि पूर्वप्रधानमन्त्रीदेखि ७५३ पालिकाका प्रतिनिधिलाई काठमाडौँ बोलाइयो
-
जर्मनीले गाजालाई फेरि मद्दत गर्ने
-
शिक्षकको जागिर छाडेर जनयुद्धमा होमिएका परियार बने मन्त्री