शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीले लगाए खोप, भने – सुई लगाएको थाहा पनि भएन

सोमबार, १७ फागुन २०७७, ११ : ४६
सोमबार, १७ फागुन २०७७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोपको पहिलो डोज लगाएका छन् । सोमबार असमको गम्छा भिरेर नयाँ दिल्ली एम्स अस्पताल पुगेका मोदीलाई पुडुचेरीकी नर्स पी नेवादाले भारत बायोटेकको कोभ्याक्सिन खोप लगाइदिएकी थिइन् साथमा केरलकी नर्स रोसम्मा अनिल उपस्थित थिइन् । यी तीन राज्यमा २७ मार्च देखि ६ अप्रिलमा विधानसभा चुनाव हुँदैछ ।

खोप लगाएपछि मिडियासँग प्रतिक्रिया दिँदे नर्स पी नेवादाले भनिन्, ‘प्रधानमन्त्रीले खोप लगाएपछि ‘लगाउनुभयो ? मलाई त थाहा पनि भएन’ भन्ने प्रतिक्रिया दिएको बताइन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप