शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्तन र जोर्नीको दुखाइ कम गर्न बन्दा गोभी

सोमबार, १७ फागुन २०७७, १२ : १८
सोमबार, १७ फागुन २०७७

हाड जोर्नी, अर्थराइटिस जस्ता समस्या धेरै व्यक्तिका लागि आजभोलि चिन्ताको विषय बन्ने गरेको छ । खराब जीवनशैली, गलत खानपानका कारण पछिल्लो पुस्ताका लागि यो समस्या भयानक रुपमा देखापर्न थालेको छ । 

टाउकोको दुखाई, हाडजोर्नीको दुखाई र स्तनको दुखाई कम गर्न बन्दा गोभीको प्रयोग गर्न सकिने चिकित्सकहरु बताउँछन् । तर, यसको प्रयोग कसरी गर्ने त ? 

पहिलो तरिका 
बन्दा गोभीलाई प्लास्टिकमा राखेर १० देखि १५ मिनेटसम्म फ्रिजमा राख्ने । फ्रिजमा राखेको बन्दा गोभीको पातलाई दुखाई भएको अंगमा राखेर तौलियाले पट्टी गर्ने । उक्त चिसो भएको बन्दा गोभीको पात शरीरको तापक्रममा तातो हुन्छ र युरिक एसिड पग्लिन थाल्छ । जसले दुखाई कम गर्छ । 

दोस्रो तरिका 
यदि पैतालामा दुखाई भएको छ भने बन्दा गोभीको पात बेरेर प्लाष्टिकले बाँध्ने र त्यसलाई ३० मिनेटसम्म छोडिदिने गर्दा आराम मिल्छ । 

तेस्रो तरिका 
बन्दा गोभीको पातलाई पिसेर निकालेको रस दुखाई भएको ठाउँमा लगाउने र कपडाले बाँध्ने । यसलाई १५ देखि २० मिनेट छोडिदिने । यसो गर्दा दुखाई कम हुन थाल्छ । 

चौँथो तरिका 
कराई वा प्यानको हल्का तातो बनाएर बन्दा गोभीको पात तताउने । बन्दा गोभीको पात हल्का तातो भएपछि दुखेको ठाउँमा राखेर ४५ मिनेट छोडिदिने जसले दुखाई कम गर्छ । 

चोटमा
चोट लागेको समयमा पनि बन्दा गोभीको पातले ब्यान्डेज गर्दा दुखाई कम हुन्छ ।

टाउको दुखाई
थकावट वा अन्य कारणले टाउको दुखेमा बन्दा गोभीको पात चिसो बनाएर रातभर टाउकोमा राखेर कपडाले बेरेर सुत्ने गर्दा बिहानसम्म टाउको दुखाई कम हुन्छ । 

स्तनको दुखाई
स्तनपान गराउने महिलाहरुको स्तनमा दुखाई हुने तथा सुन्निने समस्या धेरै हुन्छ । यस्तो समयमा बन्दा गोभीको पातलाई १ घण्टा फ्रिजमा राख्ने र २० मिनेटसम्म स्तनको निप्पल ढाक्नेगरी पातले बेरेर राख्दा यसको दुखाई कम हुन्छ । 

नोटः बन्दा गोभीले एलर्जी हुने व्यक्तिहरुले यो प्रयोग गर्न हुँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप