बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भागरथी हत्या अनुसन्धान अन्तिम चरणमा

सोमबार, १७ फागुन २०७७, १४ : ३७
सोमबार, १७ फागुन २०७७

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टबारेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथीको माघ २१ मा हत्या भएको थियो ।  हत्या आरोपमा पक्राउ गरिएका १६ वर्षीय किशोरले बलात्कारपछि हत्या गरेको स्वीकारेका छन् । बलात्कार–हत्या अनुसन्धान अन्तिम चरणमा पुगेको बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले रातोपाटीलाई बताए ।

उनले भने– ‘प्राविधिक जाँच गर्नुपर्ने सबै कुरा ल्याबमा पठाएको छौं, अब हामी अनुसन्धानको अन्तिम चरणमा पुग्यौं ।’  हत्यामा संलग्न आरोपीलाई प्रहरीले फागुन ४ मा पक्राउ गरेको थियो । आरोपी बालक भएकाले २१ दिनभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउनुपर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप