बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आजको सेयर बजारमा निफ्राको सबैभन्दा बढी कारोबार, सेयर मूल्य कति ?

सोमबार, १७ फागुन २०७७, १५ : ३९
सोमबार, १७ फागुन २०७७

सोमबार सेयर बजार बढेको छ । सोमबार नेपाल पूर्वाधार बैंक (निफ्रा)को सेयर सबैभन्दा बढी कारोबार भएको छ । यस आधारमा रकमको आधारमा कारोबार हुनेको अग्रस्थानमा निफ्रा देखिएको छ । निफ्राको ४४ करोड ४८ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यसको सेयर मूल्य ५२९ रुपैयाँ पुगेको छ । 

गत बुधबार प्राविधिक समस्याका कारण निफ्राको सेयर भ्यालु सिस्टममा शुन्य देखिएको थियो । तर पछि नेप्सेले सो त्रुटि सच्याएको थियो ।  त्यस यता निफ्राको सेयर मूल्य उकालो लाग्न सकेको छैन । रकमका आधारमा दोस्रो बढी कारोबार हुनेमा आज शिखर इन्स्योरेन्स रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप