शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केपी ओलीमा नैतिकता हरायो: पम्फा भुषाल

सोमबार, १७ फागुन २०७७, १५ : ५४
सोमबार, १७ फागुन २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षकी स्थायी समिति सदस्य पम्फा भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीमा नैतिकता नरहेको बताएकी छन् । सोमबार नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै भुषालले केपी ओलीको कदमलाई सर्वोच्च अदालतले पराजित गरेपनि पदबाट राजीनामा नदिने हुंकार गरिरहेकाले उनमा नैतिकताको खडेरी परेको पनि बताइन् । 

ओलीकै कारण नेपालमा नै नैतिकताको राजनीति हराउँदै जान थालेको भुषालको भनाई छ । उनले एउटा संवैधानिक अंग सर्वोच्च अदालतले संविधानसम्मत निर्णय गरेपनि अर्को संवैधानिक निकाय निर्वाचन आयोगले विधिसम्मत निर्णय गर्न नसक्दा प्रश्न उठ्न पुगेको बताइन् । उनले सर्वोच्चको फैसलापछि मुलुक अग्रगमनको दिशातर्फ अघि बढ्न पुगेको भन्दै आयोगले पनि त्यसतर्फ ध्यान दिने र सहि निर्णय गर्नेमा आफु विश्वस्त रहेको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप