जय नेपाल फिल्म हल बन्द
काठमाडौँ । राजधानीको मुटु मानिने दरबारमार्ग नजिक रहेको युवापुस्ता माझ लोकप्रिय जय नेपाल फिल्म हल अहिले बन्द भएको छ । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले विगत २० वर्षदेखि सञ्चालन गर्दै आएको यो हल बन्द भएको हो ।
क्वेस्ट इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिनले आफुले हल अब सञ्चालन नगर्ने भएकाले अहिलेलाई बन्द भएको बताए । ‘विगत २, ३ वर्षदेखि जय नेपाल हामीले घाटामा चलाउँदै आएका थियौ’ उद्दिनले भने, ‘कोभिड महामारी पछि हललाई अगाडि बढाउन झन् गाहे भएकोले हामीले नचलाउने गरेर छोडेका हौ ।’
एक राणा थरका व्यक्तिसँग भाडामा लिएर आफुले फिल्महरु चलाउँदै आएको जानकारी दिएका उघिनले थपे, ‘हामीले भाडामा चलाउँदै आएको हल अब नचलाउने भनेर फिर्ता दिएका छौ । अब चल्छ, चल्दैन भन्न सकिन्न् ।’ उद्दिनले आफुले भने उक्त हल अब नचलाउने स्पष्ट पारे ।
जय नेपाल फिल्म हलमात्र होइन कुमारी हल पनि अहिले बन्द रहेको छ । कुमारी हल भने अहिले मर्मतका लागि बन्द गरिएको हो । क्वेस्ट इन्टरटेनमेन्टले फिल्म चल्ने माहोल हेरेर कुमारी छिट्टै सञ्चालनमा ल्याउने जानकारी दिएको छ । कोरोना महामारीका कारण मुलुकका अन्य धेरै हल समेत अहिले बन्द हुने अवस्थामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल