शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कानुन कार्यान्वयनका लागि निरन्तर अनुगमन र खबरदारी आवश्यकः उपाध्यक्ष दाहाल

सोमबार, १७ फागुन २०७७, १८ : ४६
सोमबार, १७ फागुन २०७७

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले कानुन कार्यान्वयनका लागि निरन्तर अनुगमन र खबरदारी गर्न सञ्चार जगतको महत्वपूर्ण भूमिका रहने बताएकी छिन् । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सोमबार (आज) सिंहदरबारमा आयोजित पत्रकार महिलाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रियसभा उपाध्यक्ष दाहालले कानून कार्यान्वयनको अनुगमन गर्ने निकायलाई सञ्चारमाध्यमले गर्ने खबरदारी प्रभावकारी हुने बताइन् । संसदले लैंगिक संवेदनशील र जनमैत्री ऐन कानुनहरु बनाएको भए पनि तिनको कार्यान्वयन पक्ष निकै फितलो रहेको चर्चा गर्दै उपाध्यक्ष दाहालले त्यसका लागि सञ्चार क्षेत्रले कानून कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई खबरदारी गरिरहनुपर्ने बताइन् । पदीय दायित्वले गर्दा संसदमा आफूले प्रत्यक्ष रुपमा आम चासो, चिन्ताका विषयहरु उठाउन नसके पनि अन्य सांसदहरु मार्फत् ती आवाजहरू उठाउने भन्दै उपाध्यक्ष दाहालले लैंगिक विभेद, महिला हिंसाका घटनाहरु न्यूनीकरण गर्न आफ्नो ठाउँमा सक्दो कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा सहभागी पत्रकार महिलाहरुले नेपालमा कानून निर्माण पर्याप्त भएपनि त्यसको कार्यान्वयन पक्ष निकै कमजोर रहेको बताएका थिए । कानून निर्माण भइसकेपछि त्यसको कार्यान्वयन नभएको, अदालतले गरेको फैसलाको समेत कार्यान्वयन गराउन निकै झन्झटिलो प्रक्रियाबाट गुज्रिनु परेको, कानुन कार्यान्वय नभए÷नभएको अनुगमन र खबरदारी गर्ने संयन्त्र नै नभएजस्तो अवस्था रहेको सहभागीहरुले बताएका छन् ।
कार्यक्रममा पत्रकारहरु बन्दना राणा, बबिता बस्नेत, यशोदा तिम्सिना, निर्मला शर्मा, संगीता खड्का, नितु पण्डित, चन्दा विष्ट, विनु सुवेदी, भाषा शर्मा, शोविता रिसाल, रुबी रौनियार, सविता शर्मा, कमला हमाल, श्वेता सिन्हा, लक्ष्मी बस्नेत लगायतले बोलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप