शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३ सय बढी सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ : प्रोपोगाण्डा कि वास्तविकता ?

पूर्वगृहमन्त्री भन्छन्, ‘प्रधानमन्त्रीजीले आम जनतालाई प्रस्ट पार्नुपर्छ’
सोमबार, १७ फागुन २०७७, २१ : १८
सोमबार, १७ फागुन २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला वा ज्यान तलमाथि भइहाल्यो भने पनि अनौठो नमान्न कार्यकर्ताहरूलाई ढाडस दिएका छन् । सोमबार पोखरामा आफ्नो पक्षका कार्यकर्तालाई प्रशिक्षित गर्दै प्रधानमन्त्री ओलीले पार्टीको नेतृत्वमा रहेका हुनाले, यस पार्टीलाई अघि बढाइरहेको हुनाले, सरकार प्रभावकारी र गतिशील ढंगले सञ्चालन गरिरहेको हुनाले, विकास निर्माणको कामहरूले गति लिइरहेको हुनाले आफूमाथि प्रहार केन्द्रित रहेको बताए ।

उनले अगाडि भने, ‘यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने पनि कुनै अनौठो नमान्नु होला । तर, त्यस्तो हुन दिइने छैन हामी सतर्कता अपनाउँछौँ ।’ उनले आफू नरहे पनि पार्टी र आन्दोलन रहिरहने भन्दै पार्टी कुनै पनि हालतमा तलमाथि नपर्ने बताए ।

उनको सुरक्षामा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी चौबिसै घण्टा तैनाथ हुन्छन् । यसका बाबजुद प्रधानमन्त्री कसरी असुरक्षित हुन सक्छन् ? देशको प्रमुख कार्यकारीले नै आफूलाई असुरक्षित महसुस गर्ने हो भने नेपाली जनताको सुरक्षा अवस्था कस्तो होला र उनीहरुले कसरी आफूलाई सुरक्षित महसुस गर्ने ? प्रश्न उठ्नु स्वाभाविक नै हो ।

‘म नरहे पनि केही छैन । आन्दोलन छ, पार्टी छ, यस आन्दोलनले प्रतिक्रियावादी तत्वका मतियारहरुसँग घुँडा टेक्नु हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘देशको भविष्य अन्धकारमा जान दिन हुँदैन । यस पार्टीलाई तलमाथि पर्न दिन हुँदैन ।’

प्रधानमन्त्री ओली एक व्यक्तिमात्र होइनन्, देशको प्रमुख कार्यकारी पनि हुन् । यसर्थ उनका भनाइलाई कसैले हलुका रुपमा लिने धृष्टता गर्नु हुँदैन ।

देशको प्रमुख कार्यकारीसँग सिङ्गो राज्यसंयन्त्र छ । उनी प्रधानमन्त्री मात्र होइन, नेपाली सेनासमेत समेटिएको रक्षा मन्त्रालयको कार्यभार उनी स्वयंले सम्हालेका छन् । यस अतिरिक्त गुप्तचर संयन्त्रलाई उनले आफू मातहत नै राखेका छन् । उनको सुरक्षामा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी चौबिसै घण्टा तैनाथ हुन्छन् । यसका बाबजुद प्रधानमन्त्री कसरी असुरक्षित हुन सक्छन् ? देशको प्रमुख कार्यकारीले नै आफूलाई असुरक्षित महसुस गर्ने हो भने नेपाली जनताको सुरक्षा अवस्था कस्तो होला र उनीहरुले कसरी आफूलाई सुरक्षित महसुस गर्ने ? प्रश्न उठ्नु स्वाभाविक नै हो ।

प्रधानमन्त्री ‘असुरक्षित’ नै छन् त ?

नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री नै असुरक्षित भएपछि अरुको सुरक्षा के होला भन्ने प्रश्न गरे । ‘प्रधानमन्त्रीले नै आफ्नो सुरक्षामा शंका गरेपछि अरुको सुरक्षा के होला भन्ने चिन्ताको विषय हो । सिंगो देशलाई शान्ति सुरक्षा मन्त्रिपरिषदले दिनुपर्छ,’ रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘अब प्रधानमन्त्रीजीले आफैमाथि सुरक्षा थ्रेट छ भनेपछि अरु सत्ता पक्षका नेताहरु, प्रतिपक्ष नेताहरु, नागरिक समाजका मानिसहरुको सुरक्षा झन् खतरामा परेको सन्देश गयो ।’

वर्तमान सरकारले नै पूर्वमन्त्रीहरू, नेताहरु आदिलाई दिइँदै आएको सुरक्षाको प्रबन्ध हटाएको उल्लेख गर्दै उनले अगाडि भने, ‘अहिले आएर स्वयं प्रधानमन्त्रीले आफैंमाथि सुरक्षा थ्रेट छ, खतरा छ भनेर  विचारात्मक अभिव्यक्ति दिनुभएको छ । यसले झन् असुरक्षाको सन्देश गयो । यसले सिङ्गो राज्यलाई नै कमजोर पार्छ । मान्छेमा त्रास उत्पन्न भएको छ । यसबारे प्रधानमन्त्रीले थप प्रस्ट पार्नै पर्छ ।’

यसबारे सरकारले थप प्रस्ट पार्नुपर्ने उनले बताए । ‘कहाँबाट सुरक्षा थ्रेट आयो ? कोबाट सुरक्षा थ्रेट छ नेपालमा प्रधानमन्त्रीमाथि ?’ उनले भने, ‘प्रधानमन्त्रीमाथि थ्रेट छ भनेपछि अरु धेरैका उपर सुरक्षा थ्रेट हुनुपर्छ । कुन विषयलाई लिएर के कारणले थ्रेट खडा भयो ? यसबारे प्रधानमन्त्रीजीले आम जनतालाई प्रस्ट पार्नुपर्छ ।’

वर्तमान सरकारले नै पूर्वमन्त्रीहरू, नेताहरु आदिलाई दिइँदै आएको सुरक्षाको प्रबन्ध हटाएको उल्लेख गर्दै उनले अगाडि भने, ‘अहिले आएर स्वयं प्रधानमन्त्रीले आफैंमाथि सुरक्षा थ्रेट छ, खतरा छ भनेर  विचारात्मक अभिव्यक्ति दिनुभएको छ । यसले झन् असुरक्षाको सन्देश गयो । यसले सिङ्गो राज्यलाई नै कमजोर पार्छ । मान्छेमा त्रास उत्पन्न भएको छ । यसबारे प्रधानमन्त्रीले थप प्रस्ट पार्नै पर्छ ।’

सुरक्षाजस्तो विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति निकै संवेदनशील विषय भएको उनले बताए । ‘पार्टीको आन्तरिक विषयलाई लिएर पक्कै उहाँले त्यसरी बोल्नु भएको होइन होला,’ उनले भने, ‘किन कि यो धेरै समवेदनशील विषय हो । प्रधानमन्त्रीलाई नै थ्रेट छ भनिसकेपछि अरुको चाहिँ के हालत होला ? मलाई यहाँनिर चिन्ता छ ।’

अर्का पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत पनि प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिले सामान्य मानिसमा कस्तो प्रभाव परेको होला भन्ने प्रश्न गर्छन् । प्रधानमन्त्रीसँग विभिन्न स्रोतबाट सूचनाहरु आउन सक्ने भए पनि प्रधानमन्त्रीले जुन रुपमा विषय प्रस्तुत गरेका छन्, त्यो धेरै हलुकाखालको टिप्पणी भएको उनले बताए ।

‘राष्ट्रिय राजनीतिमा उहाँ (प्रधानमन्त्री) का कदमहरु गलत साबित हुँदै गएका छन्,’ उनले भने, ‘त्यसैले जनताबाट सहानुभूति बटुल्नका लागि उहाँले यस्तो कुरा गर्नुभएको हो कि भन्ने लाग्छ ।’

आफू रक्षात्मक हुँदै गएपछि सहानुभूतिका लागि प्रधानमन्त्रीले यस प्रकारको विषय उठाएको हुन सक्ने उनले औंल्याए । राजनीतिक रुपमा आफ्नो साख गुम्दै गएपछि, आफूले चालेका कदमहरु असफल हुँदै गएपछि सहानुभूति बटुल्नका लागि प्रधानमन्त्रीले यस्ता हलुका टिप्पणी गर्न थालेको हुनसक्ने उनले बताए । ‘राष्ट्रिय राजनीतिमा उहाँ (प्रधानमन्त्री) का कदमहरु गलत साबित हुँदै गएका छन्,’ उनले भने, ‘त्यसैले जनताबाट सहानुभूति बटुल्नका लागि उहाँले यस्तो कुरा गर्नुभएको हो कि भन्ने लाग्छ ।’

सुरक्षा थ्रेटजस्तो विषयलाई प्रधानमन्त्रीले हलुका रुपमा टिप्पणी गरेको उनले बताए । ‘उहाँ (प्रधानमन्त्री) ले आफूसँग आएका सूचनाकै आधारमा बोलेको हो भने पनि यति हलुका रुपमा विषय प्रस्तुत गर्नु हुँदैनथ्यो,’ उनले भने, ‘त्यस्तो थ्रेटको सूचना आएको हो भने आफूले सजगता पो अपाउनु पर्दथ्यो, त्यस्तो विषयलाई यो रुपमा टिप्पणी गर्न नहुने हो ।’

उनले नेपालको सुरक्षा निकाय प्रधानमन्त्रीको सुरक्षा गर्न असक्षम छ भन्नेमा आफूलाई विश्वास नभएको पनि प्रस्ट पारे । ‘हाम्रो सुरक्षा निकाय त्यति कमजोर छैन,’ उनले भने, ‘प्रधानमन्त्रीले सुरक्षा थ्रेटको सूचना पाउनु भएकै हो भने पनि यस विषयमा सुरक्षा निकायसँग बसेर छलफल गर्ने, त्यो सूचना सही हो वा होइन भन्ने विश्लेषण गर्ने र त्यसअनुसार सुरक्षा सतर्कतालाई अझ व्यवस्थित गर्नतिर लाग्नुपर्ने हो ।’

प्रधानमन्त्री ओलीले राजनीतिक फाइदाका लागि ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेको हो भने त झन् त्यस ठाउँबाट गर्नै नहुने काम गरेको ठहरिने र त्यसले राम्रो सन्देश नदिने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीप्रति असहिष्णु व्यवहार पहिलादेखि नै हुँदै आएको उनले बताए । ‘त्यो असहिष्णु व्यवहार हुँदा हुँदै पनि हामी एक ठाउँमा मिल्ने अवस्थामा पुगेका थियौं,’ उनले भने, ‘यस अर्थमा अहिले प्रधानमन्त्रीले आफ्नो सुरक्षामा खतरा रहेको कुरा भन्नुभएको हुन सक्छ । तर त्यस्ता खतराको डटेर सामना गरिन्छ ।’

नेकपाको ओली पक्षकै नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङ भने नेपालको आन्तरिक राजनीतिमा बेलाबखत भएका घटनालाई आधार बनाएर प्रधानमन्त्री ओलीले आफ्नो सुरक्षामा खतरा महसुस गरेको हुनसक्ने बताउँछन् ।

‘प्रधानमन्त्रीलाई रोस्टममै माइकले हानेको होइन र ?’ उनले भने, ‘प्रधानमन्त्रीलाई संसदमै आक्रमण भयो, त्यो स्वभाव, त्यो शैली अहिले पनि छ ।’

प्रधानमन्त्री ओलीप्रति असहिष्णु व्यवहार पहिलादेखि नै हुँदै आएको उनले बताए । ‘त्यो असहिष्णु व्यवहार हुँदा हुँदै पनि हामी एक ठाउँमा मिल्ने अवस्थामा पुगेका थियौं,’ उनले भने, ‘यस अर्थमा अहिले प्रधानमन्त्रीले आफ्नो सुरक्षामा खतरा रहेको कुरा भन्नुभएको हुन सक्छ । तर त्यस्ता खतराको डटेर सामना गरिन्छ ।’

राजनीतिक विश्लेषक हरि रोका गणतान्त्रिक नेपालको प्रधानमन्त्री भनेको एउटा व्यक्तिमात्र नभई देशकै प्रमुख कार्यकारी भएकाले त्यस्तो व्यक्ति सामान्य सुरक्षामा नरहने बताउँछन् ।

‘उहाँमाथि कहीँ कतैबाट खतरा म देख्दिनँ,’ उनले भने, ‘गणतान्त्रिक नेपालको प्रधानमन्त्री हुनु भनेको सबैभन्दा ठुलो कुरा हो नि ! प्रधानमन्त्रीलाई कसैले ज्यान मार्ने धम्की दिएकोजस्तो पनि मलाई लाग्दैन, आफ्नो बडप्पन देखाउनका लागि यस्ता कुरा गरेको हुनुपर्छ ।’

‘उहाँ आफै प्रधानमन्त्री हुनुहुन्छ, आफै पावरफुल हुनुहुन्छ,’ उनले भने, ‘प्रधानमन्त्रीमा आफ्नो मुलुकका सुरक्षा निकायमाथि पनि अविश्वास रहेछ भन्ने कुरा प्रधानमन्त्रीकै सो अभिव्यक्तिले पुष्टि गरेको छ । प्रधानमन्त्रीमाथि त्यस्तो खतरा होला भन्ने मलाई लाग्दैन ।’

प्रधानमन्त्रीमाथि कहीँ कुनै अंकुश नरहेको उनले बताए । प्रधानमन्त्री ओलीले राजनीतिक प्रोपोगाण्डाको लागि आफूमाथि खतरा रहेको कुरा भनेको हुन सक्ने उनको भनाइ छ ।

‘उहाँमाथि कहीँ कतैबाट खतरा म देख्दिनँ,’ उनले भने, ‘गणतान्त्रिक नेपालको प्रधानमन्त्री हुनु भनेको सबैभन्दा ठुलो कुरा हो नि ! प्रधानमन्त्रीलाई कसैले ज्यान मार्ने धम्की दिएकोजस्तो पनि मलाई लाग्दैन, आफ्नो बडप्पन देखाउनका लागि यस्ता कुरा गरेको हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले रक्षामन्त्रालयको कार्यभारसमेत सम्हालेको उल्लेख गर्दै विश्लेषक रोकाले भने, ‘सेनाको कमाण्ड उहाँसँगै छ । प्रहरी, सशस्त्र प्रहरी उहाँसँगै छन् । उहाँसँग गुप्तचर छ । देशका सारा संस्था उहाँसँगै छन् । उहाँले नै आफूलाई असुरक्षित भन्ने हो भने यहाँ को सुरक्षित छन् ? उनीहरुलाई कसले सुरक्षा दिइरहेको छ ?’

कस्तो हुन्छ प्रधानमन्त्रीको सुरक्षा घेरा ?

प्रधानमन्त्रीको सुरक्षामा नेपाल प्रहरीको डिएसपीको नेतृत्वमा दुई जना प्रहरी निरीक्षक, अन्य जुनियर अधिकृतसहित करिब सय जनाभन्दा बढी संख्यामा प्रहरीको टोली खटिएको हुन्छ ।

यस्तै, नेपाली सेनाको प्रमुख सेनानीको नेतृत्वमा सयभन्दा बढी संख्यामा सैनिक अधिकृत, जुनियर अधिकृत तथा जवानहरु प्रधानमन्त्रीको सुरक्षामा तैनाथ हुन्छन् । अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयले प्रधानमन्त्रीको सुरक्षासम्बन्धी नेतृत्व गर्दछ ।

प्रधानमन्त्रीको सुरक्षामा ‘क्लोज रिङ’ भित्र सेनाकै टोली खटिएको हुन्छ । प्रधानमन्त्रीको सुरक्षामा तैनाथ सैनिकसँग अत्याधुनिक हतियारसमेत हुने भएकाले सुरक्षा दायरा त्यति कमजोर नहुने सेनाकै अवकाशप्राप्त एक अधिकारीले रातोपाटीलाई बताए ।

नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता सन्तोष बल्लव पौडेलले ‘विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७७ (संशोधित)’ को फ्रेमभित्र रहेर सेनाले प्रधानमन्त्रीलाई सुरक्षा दिने बताए । अति विशिष्ट व्यक्तिको सुरक्षाका लागि सेना सक्षम रहेको उनको भनाइ छ ।

यस्तै, प्रधानमन्त्रीको सुरक्षामा सशस्त्र प्रहरी बलको टोली पनि परिचालित हुन्छ । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ देखि ४० जनाको टोली प्रधानमन्त्रीको सुरक्षामा खटिने प्रवक्ता राजु अर्यालले बताए ।

यस अतिरिक्त राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि प्रहरीको सुरक्षाका निम्ति परिचालित हुन्छन् । समग्रमा प्रधानमन्त्रीको सुरक्षामा करिब तीन सय सुरक्षाकर्मी खटिएका हुन्छन् ।

प्रधानमन्त्रीको सवारीको अग्रभागमा प्रहरीको मोटरसाइकलले स्कर्टिङ गर्दछ । त्यसपछि नेपाली सेनाको गाडी हुन्छ । सेनाको गाडी पछाडी प्रहरीको गाडी हुन्छ । त्यसपछि मात्र प्रधानमन्त्रीको गाडी हुन्छ । प्रधानमन्त्रीको गाडीभन्दा पछाडि प्रहरीको गाडी हुन्छ । पुछारमा सशस्त्र प्रहरीको एउटा गाडी हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य
लेखकबाट थप