शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट चार महिना पछिकै कम मृत्यु

सोमबार, १७ फागुन २०७७, २२ : ३९
सोमबार, १७ फागुन २०७७

लन्डन । सोमबार सार्वजनिक तथ्याङ्कअनुसार बेलायतमा  कोरोना संक्रमणका कारण दैनिक मृत्यु हुनेको संख्या चार महिनायताकै कम भएको छ । पछिल्लो २४ घन्टामा थप १०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दैनिक मृतक संख्याको आधारमा सोमबारको यो तथ्याङ्क चार महिना पछिकै कम भएको अधिकारीहरुले बताएका छन् । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २२ हजार ९५३ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ४४५ जना नयाँ संक्रमित थपिएका छन् । दैनिक संक्रमित संख्या पनि विगत केहि महिनायताकै न्यून हो । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा संक्रमितको संख्या ४१ लाख ८२ हजार नाघेको छ ।

हाल यहाँका अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको संख्या पनि घटेर १५ हजारभन्दा तल झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ९७१ छ ।

दुई करोड २ लाख ७५ हजार बढीले लगाए खोप

बेलायतमा हालसम्म  पहिलो र दोस्रो गरि दुई करोड १० लाख ९१ हजार २६७ भन्दा डोज भ्याक्सिन वितरण भैसकेको छ । सोमबार सार्वजनिक तथ्याङ्कअनुसार २ करोड २ लाख ७५  हजार ४५१ जनाले पहिलो डोज लिएका छन् । यसैगरी ८ लाख १५ हजार ८१६ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

बेलायत सरकारले विभिन्न प्राथमिकता निर्धारण गरेर खोप वितरण गरिरहेको छ । आउँदो जुलाईसम्म देशभरका सबै वयस्क जनसंख्यालाई खोप दिइसक्ने सरकारको लक्ष्य छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप