मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

मङ्गलबार, १८ फागुन २०७७, ०५ : ५९
मङ्गलबार, १८ फागुन २०७७

 

वि.सं. २०७७ साल फागुन १८ गते । मङ्गलबार । इस्वी सन् २०२१ मार्च ०२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फागुन कृष्णपक्ष । तिथि– तृतीया,  ०६ घडी २० पला,  बिहान ०९ बजेर २० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–हस्त,  ०५ घडी ३७ पला,  बिहान ०८ बजेर ४५ मिनेट उप्रान्त चित्रा । योग–गंड,  १५ घडी ३२ पला,  दिउँसो १२ बजेर ४२ मिनेट उप्रान्त वृद्धि । करण–भद्रा,  बिहान ०९ बजेर ०२ मिनेट उप्रान्त बव,  बेलुकी ०७ बजेर ५६ मिनेट उप्रान्त बालव ।  आनन्दादिमा–सौम्य योग ।

चन्द्रराशि–कन्या,  बेलुकी ०८ बजेर ०० तुला । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर २९ मिनेट,  सूर्यास्त बेलुकी ०६ बजेर ०४ मिनेट । दिनमान २८ घडी ५५ पला ।

मेष(चू, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण, रोग तथा शत्रुबाट छुटकरा पाउने समय रहेको छ । राजनीति गर्नेहरुले सहकर्मीहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेको छ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ । साँझपख भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरुको सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ भने प्रेममा सामीप्यता बढेर जानेछ । सन्तान, छोराछोरी तथा आफन्तसँग रमाइलो यात्राको तय गर्न सकिनेछ । व्यापारमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिने समय रहेको छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) पहिलेका कमिकमजोरीहरुलाई सुधार्ने अवसर आउनेछ । ठूला तथा विशिष्ट योजना कार्यान्वयन गर्न केही समय पर्खनु नै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेको छ । पढ्ने लेख्ने कामका खासै मन नजाँदा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिए पनि खासै उपलब्धि हासिल हुने छैन भने घर जग्गाको कारोबारबाट केही मात्रामा लाभ लिन सकिनेछ । तर पनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) न्यायिक निर्णय तथा कानुनी फैसलाह तपाईंकै पक्षमा आउनेछन् । पढाइ लेखाइमा मन जाने हुनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्य आम्दानी गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । आन्तरिक व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ भने सकारात्मक उपलब्धि हात लाग्नेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) समाजमा बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै काम गर्न सकिनेछ । व्यापारमा बढोत्तरीको योग रहेको छ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले काम समयमा नै सकाउन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मीयता बढ्नेछ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) राजनीति तथा समाजसेवामा सम्मानजनक स्थान पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । परिवारका सदस्यसँग विवाद बढ्ने योग रहेको छ भने आफन्तहरु टाडिनेछन् । व्यापार व्यावसायमा लगानी गरे अनुसार प्रतिफल प्राप्त नहुने हुँदा मन खिन्न हुनेछ । माया प्रेममा एकअर्का बीच मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजाँदा अरुभन्दा पछिपरिने अधिक सम्भावना रहेको छ ।

 

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) व्यापार व्यावसायमा प्रशस्त समय दिए पनि आम्दानी थोरै नै हुनेछ । कामगर्दा ख्याल गर्नु जरुरी देखिन्छ, समयमा काम सम्पन्न नहुँदा मानसम्मानमा आघात पर्न सक्छ । पढाइलेखाइमा तपाईं आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । मायाप्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउने योग रहेको छ ।

 

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) व्यापार व्यावसायमा लगानी बढाइ प्रशस्त आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । पढाइ लेखाइमा राम्रो प्रगति गरी नाम कमाउन सकिनेछ भने बैङ्किङ क्षेत्रको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालनमार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाइको सहयोग हुनेहुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेत गर्दा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेको छ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्य धन तथा सम्पत्ति कमाउन सकिनेछ । समयले साथ दिने हुनाले अन्य बौद्धिक क्रियाकलापमा पनि ध्यान जानेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) आफूले पाएको अधिकारलाई भरपूर प्रयोग गरी उपलब्धिमूलक काम गर्न सकिनेछ । लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको तय गर्न सकिनेछ । धार्मिक स्थलको भ्रमण हुनेछ भने आफ्नो संस्कार तथा रीतिरिवाजमा जोगाउन समय लगानी गर्नुपर्ने हुन सक्छ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) बाटो हिँड्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला, समय मध्ययम रहेको छ । पानीसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेको छ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेको छ । मन कमजोर हुने हुँदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउने तथा विभिन्न समस्याको सामना गर्नुपर्नेछ । घरपरिवारमा आफन्तबीच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाइले समस्या निम्त्याउन सक्छ,  सचेत रहनुहोला ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) शुभचिन्तक तथा आफन्तको सुझावलाई मनन गरी काम गर्दा गन्तव्य पहिल्याउन सहज हुनेछ । साझेदारहरु मिलेर गरिने कुनै पनि व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्य रुपैयाँ पैसा कमाउन सकिनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको प्रयोगमार्फत भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा एकअर्काबीच नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । पढाइलेखाइ प्रगति पथमा अगाडि बढ्ने हुँदा मन प्रशन्न रहनेछ ।

तपाईंको दिन शुभ रहोस् ।

युवा ज्योतिषी डीपी भण्डारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप