बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बैङ्क तथा वित्तीय  संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्यो

मङ्गलबार, १८ फागुन २०७७, ०६ : ३३
मङ्गलबार, १८ फागुन २०७७

काठमाडौँ । पछिल्लो समय अर्थतन्त्र चलायमान भएर सकारात्मक  परिसूचक  देखापर्दै  गर्दा  बैङ्क  तथा  वित्तीय  संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्न थालेको छ । पछिल्लो  एक  सातामा  वाणिज्य  बैङ्कहरूको  कर्जा  लगानी २७   अर्ब   रुपियाँ   पुगेको   छ ।   

नेपाल   बैङ्कर्स   एसोसिएसनको तथ्याङ्कअनुसार फागुन ७ देखि १४ सम्मको अवधिमा २७ वाणिज्य बैङ्कले २७ अर्ब रुपियाँ कर्जा लगानी गरेका हुन् । कोरोना  महामारीका  बेला  लगाइएको  बन्दाबन्दी  हटाइएयता अर्थतन्त्रले  सकारात्मक  सूचक  देखाउन  थालेको  हा ।  

निर्यातमा बढोत्तरी, महँगीमा कमी र विपे्रषणमा वृद्धिलगायतले अर्थतन्त्र सुधारको दिशामा जान थालेपछि बैङ्कहरूको व्यवसाय विस्तार पुरानै अवस्थामा आएको हो। कर्जा  लगानी  बढे  पनि  सोही  अवधिमा  निक्षेप सङ्कलनको  वृद्धिद्  भने  कम  देखिएको  छ ।  एक साताको  सोही  अवधिमा  बैङ्किङ  प्रणालीमा  ११  अर्ब रुपियाँ निक्षेप थपिएको छ ।

समग्रमा  फागुन  १४  सम्ममा वाणिज्य  बैङ्कहरूले  ३८  खर्ब नौ  अर्ब  रुपियाँ  निक्षेप  सङ्कलन गरेका  छन्  भने  ३३  खर्ब  ६२  अर्ब रुपियाँ  कर्जा  लगानी  गरेका  छन् ।  नेपाल राष्ट्र बैङ्कका अनुसार सोमबारसम्म बैङ्किङ   प्रणालीमा   ७१   अर्ब   रुपियाँ तरलता रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप