शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुरक्षित आप्रवासन परियोजनाको समीक्षा कार्यक्रम सम्पन्न

मङ्गलबार, १८ फागुन २०७७, ०६ : ४७
मङ्गलबार, १८ फागुन २०७७

सुरक्षित आप्रवासन परियोजना (सामी) नेपालले परियोजनाको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । चितवनमा आयोजित एक कार्यक्रममा परियोजनाले यस अवधिमा गरेका कामहरुको समीक्षा र भावी कार्यक्रमका बारेमा सरोकारवालाहरुसँग गोष्ठीको आयोजना गरेको हो ।

नेपाल र स्वीजरल्याण्ड  सरकार बिचको दुई पक्षीय सम्झौताबाट संचालित यस परियोजना चितवन जिल्लाका चार पालिकामा संचालित रहेको छ । आजको अर्धवार्षिक समीक्षा कार्यक्रममा चितवनको भरतपुर महानगरपालिका, रत्ननगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वार्ड अध्यक्षहरू, प्रशासकिय अधिकृतहरु र सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

मल्टी डाईमेन्सनल एक्सन फर डेभलपमेन्ट (मेड नेपाल) ले परियोजनाको सहजीकरण गरेको यस कार्यक्रम मेड नेपालका अध्यक्ष बाबुराम आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । सोही संस्थाका कार्यकारी निर्देशक मिनराज भण्डारीले स्वागत मन्तब्य राखेका थिए भने हेल्भिटास नेपालकी उमा पौडेलले पनि आफ्नो धारणा राखेकी थिइन् । साथै परियोजनाका कार्यक्रम संयोजक सूर्य प्रसाद पौडेलले कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरे । माडी नगरपालिकाका उपमेयर ताराकाजी महतो लगायत विभिन्न पालिकाका वार्ड अध्यक्षहरुले पनि कार्यक्रमका बारेमा आ आफ्ना धारणा राखेका थिए ।

समीक्षा कार्यक्रममा अर्धवार्षिक प्रतिबेदन पेश गरिनुका साथै उपस्थित सरोकारवालाहरुबाट सुझाब संकलन गरिएको थियो ।

सुरक्षित आप्रवासन परियोजना (सामी) ले बैदेशिक रोजगारमा जान चाहने, वैदेशिक रोजगारीमा कार्यरत ब्यक्ति र उनीहरुको परिवारलाई सुरक्षित बैदेशिक रोजगार सम्बन्धी सूचनाको पहुँच र अभिमुखीकरण कार्यक्रम सन्चालन गर्दै आईरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप