शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कैलालीमा व्यापारी हत्या: चार दिनसम्म हत्याराको पहिचान खुलेन

मङ्गलबार, १८ फागुन २०७७, १३ : २९
मङ्गलबार, १८ फागुन २०७७

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–५ घर भएका व्यापारी ३६ वर्षीय शिवचरण राना मृत फेला परे । गेटामा किराना पसल चलाउने रानाको शव शनिवार फेला परेको थियो । उनी आँखा अस्पताल नजिकै किराना पसल चलाउँथे, राति पसलमा सुत्थे । बिहान घर जान्थे । तर, फागुन १५ मा घर नगएपछि पत्नी सुगुनी उनको खोजीमा निस्किइन् । गेटा मेडिकल कलेज नजिकै निर्माणाधीन नालामा उनको शव भेटियो । 

ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी प्रेमबहादुर शाही र जिल्ला प्रहरी कार्यालयको टोलीले घटना अनुसन्धान गरिरहेका छन् । तर, प्रहरीले हत्यामा संलग्नको पहिचान गर्न सकेको छैन् ।  घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टले रातोपाटीलाई बताएका छन् । प्रहरीले अनुसन्धानमा तालिम प्राप्त कुकुर पनि परिचालन गरेको थियो ।

मृतकका परिवारले हत्यामा संलग्न पत्ता नलगाएसम्म शव जिम्मा नलिने अडान राखेका छन् । शिवचरणको शव सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।  हत्यामा संलग्नताको आशंकामा १२ जनाभन्दा बढीलाई प्रहरीले सोधपुछ गरेको छ । अनुसन्धानको दायरमा ल्याइएकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन् । डिएसपी विष्टकाअनुसार ६ जनामा केन्द्रीत रहेर प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप