बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा झण्डै ६० अंकको गिरावट, साल्ट ट्रेडिङको सेयरले सबैभन्दा बढी कमायो

मङ्गलबार, १८ फागुन २०७७, १५ : ३६
मङ्गलबार, १८ फागुन २०७७

मंगलबार सेयर बजारमा झण्डै ६० अंकको गिरावट आएको छ । ५९.७० अंकले घटेको बजारमा २४५५.३३ विन्दुमा अडिएको छ । यस दिन २.३७ प्रतिशतले बजार घटेको हो । 
आज ट्रेडिङ र होटल्स तथा पर्यटन बाहेक बाँकी रहेका सबै समुहमा गिरावट आएको छ । ट्रेडिङ समुह २७८.४९ अंकले बढेको छ भने होटल्स तथा टुरिजम १६.८६ अंकले बढेको छ । जीवन बिमा समूहतर्फ ५१९.६७ अंकको गिरावट छ । 
घटेको बजारमा साल्ट ट्रेडिङ कर्पोरेसनले सबैभन्दा बढी कमाएको छ । साल्ट ट्रेडिङको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यसको सेयर मूल्य आज ९ हजार २ सय २९ रुपैयाँ पुगेको छ । साल्ट ट्रेडिङको बजार पुँजीकरण १७ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । दोस्रो बढी कमाउनेमा चन्द्रागिरी हिल्स परेको छ । यसको सेयर मूल्य ९.८९ प्रतिशतले बढेको छ । 

आजको बजारमा सबैभन्दा बढी गुमाउनेमा नेपाल हाइड्रो डेभलपर रहेको छ । कारोबार रकमको आधारमा सबैभन्दा बढी कारोबार हुनेमा भने एसियन लाइफ इन्सुरेन्स रहेको छ । दोस्रो बढी कारोबार हुनेमा निफ्रा (नेपाल इन्फ्रास्ट्रक्चर बैंक) रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप