टी–ट्वान्टी क्रिकेट लिगमा पोखरा र चितवनको जित
पोखरा । पोखरा रंगशालामा जारी क्रिकेट प्रतियोगितामा चितवन क्रिकेट क्लब र सुपर जनरल पोखराले खेलमा जित हासिल गरेका छन् । चितवन क्वले, काठमाडौं बालुवाटारलाई र आयोजक पोखराले, स्याङजा क्रिकेट क्लबमाथि जित हासिल गरेको हो ।
मंगलबार भएको पहिलो खेलमा चितवन ४ विकेटले विजयी भएको हो । पहिला व्याटिङ्ग गरेको बालुवाटारले पूरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय २६ रन बनाएको थियो । जसमा कप्तान सुमन उदयले २९ रनको पारी खेले । चितवनका दिपेश श्रेष्ठले ३ विकेट लिए ।
जितका लागि १ सय २७ रनको लक्ष्य पाएको चितवनले १४.४ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पार ग¥यो । चितवनको जितमा प्रतीक शर्माले ५३ रनको महत्वपूर्ण योगदान दिए । ३३ बलको सामना गरेका उनले २ छक्का र ४ चौका प्रहार गरे । अर्का ब्याट्सम्यान विक्रम कुमार गुप्ताले २४ रन जोडका थिए ।
अर्को खेलमा पोखराले स्याङजामाथि २९ रनको जित निकालेको हो । पहिला व्याटिङ्ग गर्दै पोखराले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । पोखराका लागि अनुभवी खेलाडी दिपेश खत्रीले सर्वाधिक १९ रन जोड्दा अनिल गुरुङले १७ रनको इनिङ खेले ।
जवाफी व्यङ्ग्यमा आएको स्याङजा १६.३ ओभरमा ८५ रनमै समेटिएको थियो । स्याङजालाई समेट्ने क्रममा म्यान अफ द म्याच दिपेश खत्रीले २, लालबहादुर अधिकारीले २ तथा गोविन्द प्रधान, सुवास भण्डारी र अमृत गुरुङले समान १–१ विकेट लिए । स्याङजाका मिलन क्षेत्रीले १४ रन जोडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : नेता पौडेल
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
-
गाजाका जनतालाई दिएको समर्थनबारे मलाला यूसुफजाइको स्पष्टीकरण
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल