
हेटौंडामा वृद्ध मृत अवस्थामा फेला

हेटौंडा । मकवानपुरको हेटौंडामा एकजना वृद्धको शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका–८ स्थित कर्रा खोलाको पुल नजिक अन्दाजी ८३ वर्षीय वृद्धको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त शव हेटौंडा उपमहानगरपालिका–८ कमाने निवासी खडकबहादुर परियारको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरले जानकारी दिए । मंगलबार दिउँसो करिब २ः३० बजेको समयमा हेटौंडा–८ शान्ति टोलमा रहेको ब्लकले बनेको खाली घरभित्र उत्तानो परेको अवस्थामा परियारको शव फेला परेको थियो ।
शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा पठाइएको र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ