शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख २३ हजार नाघ्यो

मङ्गलबार, १८ फागुन २०७७, २२ : ३२
मङ्गलबार, १८ फागुन २०७७

लन्डन ।  बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २३ हजार नाघेको छ  । पछिल्लो २४ घन्टामा थप ३४३ जना कोरोना संक्रमितको मृत्यु भएसँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २३ हजार २९६ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ ।

अघिल्लो दिन आइतबार १०४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो, जुन दैनिक मृतक संख्या धेरै समयपछिको न्यून हो । यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ६ हजार ३९१ जना नयाँ संक्रमित थपिएका छन् । दैनिक संक्रमित संख्या गत वर्ष सेप्टेम्बरपछिकै कम हो ।

थपिएका नयाँ संक्रमितसँगै बेलायतमा संक्रमितको संख्या ४१ लाख ८८ हजार ४०० पुगेको छ । पछिल्लो समयमा कोरोना संक्रमणदरमा निरन्तर ह्रास आउँदै गएको तथ्याँकले देखाएको छ  । हाल जारी लकडाउन  र कोरोना विरुद्धको खोपलाई दिइएको तीव्रताका कारण कोरोना संक्रमणमा कमी आएको सरकारले दावी गरेको छ  ।

बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या घटेर १२ हजार ७४८ मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ८०६ रहेको छ ।

दुई करोड १३ लाख भन्दा बढी खोप वितरण

बेलायतमा सोमबारसम्म दुई करोड १३ लाख भन्दा बढी कोरोना विरुद्धको खोप वितरण भइसकेको छ ।   पहिलो र दोस्रो डोजको खोप गरि दुई करोड १३ लाख २२ हजार ७१७ डोज खोप वितरण भइसकेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ को तथ्याँकमा उल्लेख छ ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ४ लाख ७८ हजार ६१९ जनाले खोपको पहिलो डोज लिएका छन् । यसैगरी ८ लाख ४४  हजार ९८ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप