ad
केन्द्रीय संस्करण

बार्सिलोनाका पूर्व प्रमुख रिहा

person explore access_timeफागुन १८, २०७७ chat_bubble_outline0

एजेन्सी । बार्सिलोनाका पूर्व प्रमुख जोसेप मारिया बार्टोमेउ र उनका पूर्व सल्लाहकार जौमे मासेफरलाई गत वर्षको ‘वार्षागेट प्रकरण’ पछि पहिलोपटक न्यायाधीस समक्ष पुर्पक्षका लागि उपस्थित गराएपछि मंगलबार रिहा गरिएको स्पेनको एक अदालतले जनाएको छ ।

बार्सिलोना अदालतले एक विज्ञप्ति जारी गरी भनेको छ, ‘सोमबार पक्राउ परेका यी दुई व्यक्तिले अदालतमा उपस्थित गराइएपछि बोल्न नचाहेकोे अधिकार प्रयोग गरेका थिए । उनीहरूलाई न्यायाधीशले सशर्त रिहा गरेका हुन् ।’ 

न्यायाधीशले प्रशासन र व्यापारिक भ्रष्टाचारको संदिग्ध अपराधको बारेमा २०२० को मेमा थालिएको अनुसन्धानको एक भागको रूपमा उनीहरूलाई प्रश्न सोध्ने प्रयास गरेको बताइएको छ । 

बार्सिलोनाको स्टेडियमको खोजीमा संलग्न क्लबका अन्य दुई अधिकारी पनि पक्राउ परेका थिए । क्लबका वर्तमान प्रमुख कार्यकारी ओस्कर जिराउ र कानूनी सेवा प्रमुख रोमा गोमेज पोन्तीलाई सोमबार ढिलो रिहा गरिएको थियो ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.